फोर्डले ‘ब्लूक्रुज’ नाम प्रयोग गरेकोमा जनरल मोटर्सको आपत्ति, मुद्दा दर्ता

Technology Khabar १० श्रावण २०७८, आईतवार

फोर्डले ‘ब्लूक्रुज’ नाम प्रयोग गरेकोमा जनरल मोटर्सको आपत्ति, मुद्दा दर्ता

काठमाडौं ।

जनरल मोटर्स (जीएम)ले फोर्डलाई यसको हालै सार्वजनिक भएको ह्यान्ड्स फ्री फिचरको नाम ब्लूक्रुज प्रयोग गर्नबाट रोक्न मुद्दा दर्ता गरेको छ।

जीएमको भनाइमा फोर्डले राखेको नाम जीएमले सन् २०१७ मा शुरुवात गरेको ह्यान्ड्स फ्री फिचरलाई दिइएको सुपर क्रुजसँग धेरै मिल्ने देखिएकव छ। त्यसैले जनरल मोटर्सले ट्रेडमार्क चोरी तथा त्यसमार्फत भएका क्षतिका लागि मुद्दा दायर गरेको हो।

गत शुक्रबार दर्ता गरिएको मुद्दामा जीएमले उक्त नामका बारेमा आफूहरुबीच छलफल भए पनि टुंगोमा नपुगेको उल्लेख छ। फोर्डले आफूले के गरिरहेको छु भन्ने थाहा पाएको र यदि उसले नयाँ ब्रान्ड ल्याउन खोजेको भए क्रुज श्बद प्रयोग नगरी पनि ल्याउन सक्ने बताएको छ।

फोर्डले आफ्नो ह्यान्ड्स फ्री फिचरका लागि गत अप्रिलमा ब्लूक्रुज भन्ने नाम दिएर सार्वजनिक गरेको थियो भने यो फिचरलाई ओटीएमार्फत् अन्य छानिएका सवारीहरुमा पनि उपलब्ध गराउने बताएको थियो।

जीएमले यसाबारेमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। कम्पनीले फ्री प्रेसलाई बताए अनुसार कुराकानीबाटै समस्या समाधान गर्न चाहे पनि आफ्नो ब्रान्ड तथा कम्पनीले वर्षादेखि कमाएको साख बचाउन पनि कानुनी उपचार खोज्नुको विकल्प नरहेको बताएको छ।

फोर्डका एक प्रवक्ताले जीएमको क्रुज प्रतिको दावीलाई ‘आधार र मूल्यहीन’ भएको टिप्पणी गर्दै क्रुज कन्ट्रोल एउटा चर्चित शब्दावली भएको बताएका छन्।

प्रत्येक अटो निर्माताले यो क्षमता भएको फिचर दिने र यसका लागि क्रुज एउटा संक्षिप्त शब्द रहेको उनको भनाइ छ। त्यसैले ब्लू ओभलको नयाँ उद्विकाससहित इन्टेलिजेन्ट एडाप्टिभ क्रुज कन्ट्रोल पद्धतिलाई ब्लूक्रुज नाम दिइएको उनले बताए।

बीएमडब्लू, हुन्डाइ लगायतका थुप्रै अटो निर्माता कम्पनीहरुले ह्यान्ड्स फ्री फिचरका लागि क्रुज शब्दको प्रयोग गर्दै आइरहेका छन्।

easy care

प्रकाशित: १० श्रावण २०७८, आईतवार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार