स्टिभ जब्सले जागिर खानका लागि दिएको दरखास्तको भाैतिक र एनएफटी दुवै भर्सन बिक्रीमा

  • Technology Khabar | १० श्रावण २०७८, आईतवार
स्टिभ जब्सले जागिर खानका लागि दिएको दरखास्तको भाैतिक र एनएफटी दुवै भर्सन बिक्रीमा

काठमाडौं ।

एप्पलका सह संस्थापक स्टिभ जब्सको सन् १९७३ मा लेखिएको जागिरे निवेदन फेरि अक्शनका लागि राखिएको छ।

यसअघि पनि अक्शनमा राखिएको यो निवेदन यस पटक भने यो विश्वमै एनएफटी तथा भाैतिक दुवै फर्म्याटका लागि अक्शनमा राखिएको सम्पत्ति हो।

यसमा चासो भएकाहरुले एनएफटी वा भाैतिक निवेदनका लागि आफ्ना बोली लगाउन सक्छन्।

यसको भाैतिक वा एनएफटीमध्ये कुन भेरियन्टको मूल्य बढी होला भन्ने सबैको कोतुहलको विषय भएको र बुधबार यसको अक्शन भइरहँदा लिलामी गर्ने संस्थाले पनि आफ्नो वेबसाइटमा यसबारे प्रश्न सोधेको थियो।

एक पेजको यो निवेदन जब्सले पोर्टल्यान्डको रीड्स कलेज छोडेपछि लेखेका थिए। उक्त निवेदनमा उनले आफू इलेक्ट्रोनिक्स प्रविधि वा डिजाइन इन्जिनीयरको पदमा काम गर्न इच्छुक रहेको जनाएका थिए।

तर उनले लेखेको निवेदनमा कसैलाई सम्बोधन गरिएको छैन। उनले आफ्नो दक्षतामा कम्प्युटर तथा क्याल्कुलेटरको अनुभव रहेको लेखेका छन्।

पछिल्ला ४ वर्षमा यो निवेदन अक्शनमा राखिएको यो तेस्रो पटक हो। यसअघि यवै वर्षको मार्चमा यो निवेदन १ लाख ६२ हजार पाउन्डमा बिक्री भएको थियो।

सीनेटमा आएको एक रिपोर्ट अनुसार यो बाहेक सन् २०१७ मा भएको अक्शनमा यो १८ हजार ७५० डलरमा तथा २०१८ मा १ लाख ७४ हजार ७५७ डलरमा बिक्री भएको थियो।

लिलामीकर्ताहरुले पहिलो पटक आफूहरुले कुनै पनि सम्पत्तिको भोतिक र डिजिटल दुवै फर्म्याट बिक्रीका लागि सँगसँगै राखेको बताएका छन्।

यसको उद्देश्य किन्ने व्यक्तिहरुको ध्यान कुनमा बढी जान्छ र कुन भर्सनको मूल्य बढी बोली लाग्छ भन्ने रहेको बुझिएको छ।

स्टिभ जब्स जब एप्लिकेशन वेबसाइटका अनुसार लिलामीका दिन १२ बजेसम्म भोतिक फर्म्याटका लागि डिजिटलको भन्दा केही बढी रकमको बोली लागेको थियो। त्यतिबेलासम्म भोतसक निवेदनका लागि उच्चतम ३२ हजार डलरसहितको १८ ओटा बोली लागेको थियो।

यसैगरी एनएफटीका लागि उच्चतम १ हजार ३९ डलर बराबर हुने ०.५० इथेरियमसहितको ९ ओटा बोली लागेको थियो। उक्त लिलामी आज अर्थात् आइतबारसम्म चल्ने आयोजकको भनाइ छ।

यसबाट आएको नाफा क्यान्सरसम्बन्धी च्यारिटीलाई जाने पनि बताइएको छ।

*हेडलाइन सम्पादित

प्रकाशित: १० श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार