राष्ट्रिय आविश्कार केन्द्र र ज्योति विकास बैंकबीच सम्झौता, वार्षिकोत्सव अवसरमा केन्द्रलाई १० लाख सहयोग

Technology Khabar ९ श्रावण २०७८, शनिबार

राष्ट्रिय आविश्कार केन्द्र र ज्योति विकास बैंकबीच सम्झौता, वार्षिकोत्सव अवसरमा केन्द्रलाई १० लाख सहयोग
NTC_Advt

ज्योति विकास बैंकले श्रावण ९ गते शनिबारको दिन स्थापनाको १३ औं वार्षिकोत्सव मनाएको छ।

विकास बैंकको १३औँ वार्षिकोत्सवका अवसरमा आज नेपालका अस्पतालका जन्म केन्द्रमा नवजात शिशुलाई न्यानो वातावरण उपलब्ध गराउने विषयमा ज्योति विकास बैंक र राष्ट्रिय आविश्कार केन्द्रबीच सहमति भएको छ।

केन्द्रले तयार गरेको न्यानो नानी उपकरण स्थापनार्थ दोस्रो चरणको परियोजना अगाडि बढाउने सहमति गरिएको हो ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बैंक तथा केन्द्रका संस्थापक अध्यक्ष डा महावीर पुनबीच सहमतिपत्र आदानप्रदान भयो।

बैंकको तर्फबाट सञ्चालक समितिका सदस्य तथा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरु सञ्चालन गर्न निर्मित हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र बहादुर नेपालीले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि १० लाख २० हजार प्रदान गरेका थिए।

बैंकको संस्थागत सार्वजनिक जिम्मेवारीअनुसार हाम्रो विकास प्रवद्र्धन कोषमार्फत आर्थिक वर्ष २०७६/७७ मा न्यानो नानी परियोजनाको पहिलो चरण सम्पन्न भएको थियो ।

पहिलो चरणमा मध्यबिन्दु जिल्ला अस्पताल, कपिलवस्तु सामुदायिक अस्पताल, प्युठान अस्पताल, महाकाली अस्पताल, रामगोपालपुर स्वास्थ्य केन्द्र, आम्दा अस्पताल, खोटाङ जिल्ला अस्पताल, सामरी स्वास्थ्य केन्द्र, बेनी अस्पताल तथा बुर्तिबाङ अस्पताल गरी १० वटा अस्पतालमा न्यानो नानी उपकरण जडान भइसकेको छ भने त्यसबाट ३०० बढी नवजात शिशुले सुविधा प्राप्त गरेको जानकारी बैंकले दिएको छ।

पहिलो चरणमा भन्दा नयाँ उपकरण अझै थप सुविधायुक्त हुने र थप अस्पतालमा समेत जडान गरिने केन्द्रका डा. पुनले बताए ।  डा. पुनले केन्द्रलाई नेपालमा अनुसन्धानमार्फत उद्यमी सिर्जना गर्ने र त्यसैमार्फत देशको उत्पादनशील समृद्धि र विकास प्रवद्र्धन गर्ने कार्य अगाडि बढाउन क्रियाशील बनाइएको बताउँदै यस्तो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे।

बैंकले सन् २०२३ सम्म नेपालका आधाभन्दा बढी अर्थात् ८०० जन्म केन्द्रमा यस्तो उपकरण स्थापना गर्ने योजना बनाएको छ ।

बैंकका अध्यक्ष हरिप्रसादले बैंकका नयाँ सेवा ‘परिवर्तनकारी कर्जा’, ‘स्मार्ट सेभिङ’ र ‘कन्याक्टलेस कार्ड’ उद्घाटन गर्दै यी सेवा नेपालका छरिएर बसेका र बैंकका सरल पहुँचप्राप्त गर्न नसकेका उद्यमीका लागि अगाडि बढाइएको जानकारी दिए।

१३ औं वार्षिकोत्सवको अवसरमा बैंकले “ज्योति परिवर्तनकारी कर्जा” नामक कर्जा योजना सार्वजनिक गरेको छ ।

त्यसैगरि बैंकले शुन्य मौज्दातमा बचत, डिम्याट र मेरो शेयर एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट कार्ड खाता तथा ज्योति कन्ट्याक्टलेस कार्ड पनि सार्वजनिक गरेको छ।

प्रकाशित: ९ श्रावण २०७८, शनिबार