युरोपमा बनेको सीजी ब्राण्डका डिसवासर र वासिङ मेसिन नेपाली बजारमा

Technology Khabar ९ श्रावण २०७८, शनिबार

युरोपमा बनेको सीजी ब्राण्डका डिसवासर र वासिङ मेसिन नेपाली बजारमा

काठमाडौं ।

सीजीले हालै युरोपमा डिजाईन र उत्पादन गरीएको वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ।

युरोपमा उत्पादन भएका कारण यी सामाग्रीहरुमा विभिन्न किसिमका विशेषताका साथै निकै नै आकर्षक स्वरुप पनि रहेका कम्पनीले जनाएको छ ।

यस वासिङ मेसिनको डिजिटल ड्राईभ मोटर रहेको छ जसले तपाईंको घरको बिजुलीको बचत गराउँदछ । यसमा पर्ल ड्रमको प्रयोग गरिएको छ जसले तपाईंको लुगालाई हेरचाह गरी सफासँग धुने र लुगाको आयु पनि बढाउँदछ। यसमा एलर्जी सेफ नामक प्रोग्राम पनि राखिएको छ जसले कपडामा रहेको विभिन्न किसिमका एलर्जेन्सहरुलाई हटाई कपडालाई स्वच्छ राख्दछ।

त्यस्तै यसमा इकोलोजी सिस्टम पनि रहेको छ। यो सिस्टमले गर्दा तपाईले मेसिन कम लोडमा चलाउँदा पनि विजुली तथा पानी कम खाने गर्दछ । यो वासिङ मेसिनमा १५ वटा वास प्रोग्रामहरु राखिएको हुनाले आफ्नो इच्छा अनुसार कुनै पनि प्रोग्राम प्रयोग गर्न सकिने बताईएको छ।

यो वासिङ मेसिनले कपडा धोई सकेपछि आफै भित्र नै लुगा सुकाई दिने भएकोले यो मनसुन मौसमा एकदम नै उपयोगी हुनेछ। कम्पनीले यसको खरिदमा १० वर्षको मोटर वारेण्टी समेत प्रदान गरेको छ ।

तेस्तै अर्को युरोपमा डिजाईन र उत्पादन गरिएका डिसवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा उपलब्ध रहेको छ। तपाईंले आफ्नो आवश्यकता अनुसार यसलाई खरिद गर्न सक्नेछन् । यसमा डिस्प्ले स्किृन तथा टच स्क्रिन भएका हुनाले तपाईंलाई यी डिसवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुने कम्पनीले जनाएको छ।

यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् । जसलाई तपाईले आफ्नो आवश्यकता अनुसार प्रयोग गरि आफ्नो भाँडाहरुलाई सफा गर्न सक्नुहुनेछ ।

यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन् । ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजि, विएलडिसि टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेको कम्पनीको भनाई छ ।

स्टिम वासको सहायताले तपाईंले कटकटिएका भाँडाहरु, जुन हामीलाई हातले धुँदा एकदमै कठिनाई हुन्छ, त्यस्ता भाँडाहरुलाई सजिलै बाफ उत्पन्न गरी सफा राख्दछ। त्यस्तै अर्को अटो डोर टेक्नोलोजि रहेको छ जसले धुईसकेको भाँडाहरुलाई सुकाई रहने झन्झटबाट मुक्त गर्दछ। यसले भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्ररहेका बाफहरुलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ ।

विएलडिसि टेक्नोलोजी वा हाईड्रो पावर पनि यसको विशेषता रहेको छ जसको मद्दतले तपाईंको घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्दछ । डिउल प्रो वासको मद्दतले तपाईको भाँडालाई दुई वटा छुटा छुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ । त्यस्तै अर्को जेट वास विशेषता रहेको छ।

यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । हाफ लोड अप्सन टेक्नोलोजिले, यदि तपाईको भाँडाहरु थोरै छन् भने तपाईले डिसवासरमा रहेको तलको बास्केट वा माथिको बास्केट मात्र प्रयोग गरी भाँडा धुन सक्नुहुनेछ।

उक्त डिसवासरको १५ प्लेस सेटिङमा ३ वर्षको मोटर वारेण्टी र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टीको व्यवस्था रहेको जारी विज्ञप्तीमा उल्लेख छ।

Global Bank
easy care

प्रकाशित: ९ श्रावण २०७८, शनिबार

ताजा समाचार