तपाईँको मोबाइलमा पेगासस स्पाइवेयर छ कि छैन्, यो टूलको सहायताले पत्ता लगाउनुस्

Technology Khabar ९ श्रावण २०७८, शनिबार

तपाईँको मोबाइलमा पेगासस स्पाइवेयर छ कि छैन्, यो टूलको सहायताले पत्ता लगाउनुस्

काठमाडौं ।

इजरायलमा रहेको एनएसओ ग्रुपले तयार पारेको पेगासस स्पाइवेयरले हाल विश्वभरी नै आतंक फैलाएको छ।

यो स्पाइवयरले विश्वका थुप्रै देशका सरकारलाई उनीहरुका देशमा रहेका हजारौं नेता कार्यकर्ता, पत्रकार आदिको फोन ह्याक गर्न सहयोग गरेको थियो।

एउटा अन्तरराष्ट्रिय समाचार संघले पछिल्ला केही दिनमा उक्त स्पाइवेयरको लक्ष्य को को हुनेछन् भन्ने संकेत दिएको छ।

तर पेगाससमार्फत् लक्षित हमलाको दायरा के कति फराकिलो छ भन्ने हालसम्म यकिन हिसाबले परिभाषित गरिएको छैन।

यसैबीच, एमनेस्टी इन्टरनेशनलका अनुसन्धाताहरुले एउटा डिभाइस बनाएका छन् जसमार्फत् कुनै पनि फोनमा स्पाइवेयरले लक्षित गरेको छ की छैन भन्ने पत्ता लगाउन सकिन्छ।

मोबाइल भेरिफिकेशन टूलकिट एमभीटी नाम दिइएको यो टूलले यूज़रलाई आफंनो फोन पेगासस लक्षित छ कि छैन भन्ने थाहा पाउन मद्दत गर्छ।

यसले एन्ड्रोइड र आईओएस दुवै डिभाइसहरुमा काम गर्छ। तर हालैका परीक्षणहरुका अनुसार एप्पलका हार्डवेयरमा धेरै फरेन्सिक प्रमाण उपलब्ध हुने भएकाले एन्ड्रोइडको तुलनामा एप्पल ह्यान्डसेटमा यस्ता कैफियत पत्ता लगाउन सजिलो हुन्छ।

यूजरहरुले पेगाससको भएको प्रमाण हेर्नका लागि एमभीटीले आफ्नो फोनमा स्थानीय रूपमा स्टोर गरिएको सबै फाइल डिक्रिप्ट गर्नका लागि डाटाको ब्याकअप बनाउँछ। तर जेलब्रेक गरिएको आईफोनमा भने विश्लेषणका लागि एउटा फुल फाइलसिस्टम डम्पको प्रयोग पनि गर्न सकिन्छ।

सामान्य अवस्थामा एमभीटीका लागि केही कमान्ड लाइन नलेजको आवश्यकता पर्दछ। तर यसले समयक्रममा एउटा ग्राफिकल यूज़र इन्टरफेस प्राप्त गर्न सक्छ। यो टूलको कोड पनि ओपनसोर्स नै छ र यसको विस्तृत डकुमेन्टेशनसहित गिटहबमा उपलब्ध रहेको छ।

एक पटक ब्याकअप बनेपछि एमभीटीले एनएसओको पेगासससँग सम्बन्धित प्रमाण हेर्नका लागि डोमेन नाम र बाइनरीजस्ता संकेतको उपयोग गर्छ। यदि इन्क्रिप्टेड भएङ्को खण्डमा यो टूलले आईओएस ब्याकअपलाई डिक्रिप्ट गर्न पनि सक्षम हुन्छ।

एमभीटीलाई सिस्टममा चलाउनका लागि कम से कम पाइथन ३.६ को आवश्यकता पर्छ। म्याकका लागि भने एक्सकोड वा होम ब्रू पनि इन्स्टल गरिएको हुनुपर्छ। एन्ड्रोइड डिभाइसका हकमा केही डिपेन्डेन्सी पनि इन्स्टल गर्नुपर्ने हुन्छ।

एमनेस्टी इन्टरनेशनलको सहयोगमा पेरिसमा रहेको पत्रकारिता गैर सरकारी संस्था फर्बिडन स्टोरिजले समाचार संस्था कन्सोर्टियम पेगासस प्रोजेक्टमार्फत् ५० हजारभन्दा बढी फोन नम्बरको लिस्ट शेयर गरेको छ।

यी मध्येमा ५० देशका एक हजारभन्दा बढी व्यक्तिका फोनमा स्पाइवेयरले हमलाका लागि लक्षित गरिएका संकेतहरु पाइएको थियो। हालै भारतमा कांग्रेस नेता राहुल गान्धी तथा राजनीतिक रणनीतिकार प्रशान्त किशोरसहित केही राजनीतिक व्यक्तिलाई पनि लक्षित गरिएको दावी गरिएको थियो।

यस्तै भारतका लागि नेपालका राजदूतको पनि फोन एक्सेस गरेर जासूसी गरिएको समाचारहरु आएका थिए।

easy care

प्रकाशित: ९ श्रावण २०७८, शनिबार

ताजा समाचार