टोकियो ओलम्पिकको सम्मानमा गुगल डुडल तयार, खेल्ने होईन् त एनिमेटेड डुडल गेम ?

Technology Khabar ८ श्रावण २०७८, शुक्रबार

टोकियो ओलम्पिकको सम्मानमा गुगल डुडल तयार, खेल्ने होईन् त एनिमेटेड डुडल गेम ?

काठमाडौं ।

आजदेखि जापानको टोकियोमा ओलम्पिक खेलहरु शुरु हुँदैछन् ।विश्वभरका खेलकुदप्रेमीहरुको कुम्भ मेलाको रुपमा चिनिले ओलम्पिक तोकिएको समयभन्दा करिब १ वर्ष पछाडि हुन लागेको हो।

विश्वभर कोरोना महामारीको संक्रमण फैलिएसँगै टोकियो ओलम्पिक २०२० एक वर्ष धकेलिएर अहिले आयोजना हुँदैछ।

सोहि टोकियो ओलम्पिकको सम्मानमा सर्च इन्जिन गुगलले आफ्नो ओलम्पिक डुडल बनाएको छ ।

यसलाई ‘डुडल च्याम्पियन आईल्याण्ड गेम्स’ नाममा तयार पारेको छ जसमा विभिन्न गेमहरुलाई एनिमेसनको माध्यमबाट देखाईएको छ ।

एनिमेसनको माध्यमबाट गुगल डुडलमा टेबलटेनिस आर्चरी, पौडी, रग्बी, क्लाइम्बिङ्गलगायतका गेमहरुलाई देखाईएको छ । यसका साथै यी गेमहरु प्रयोगकर्ताले खेल्न पनि सक्नेछन् । यसमा रेड, ब्लू, येल्लो र ग्रीन कलर टिमहरु राखिएको छ ।

गुगलले टोकियो ओलम्पिकको सम्मानमा तयार पारेको गुगल डुडललाई अहिलेसम्मकै सबैभन्दा लामो डुडल भएको बताईएको छ । यसलाई जापानी एनिमेसन कम्पनी स्टूडियो फोर डिग्री सीको सहकार्यमा तयार पारिएको हो । जसमा जापानी निन्जा क्याटलाई खेलाडीको रुपमा देखाईएको छ ।

प्रायजसो गुगल डुडलहरु होम पेजमा मात्र हुने र ति अर्को दिन प्रयोग गर्न नसकिने किसिमका हुन्छन तर यो डुडल गेम गुगलको ब्लगमा पनि राखिएको छ भने हटाएपछि पनि खेल्न सकिने गरि बनाईएको छ ।

नेपाली समयअनुसार साँझ ४ बजेर ४५ मिनेट जाँदा ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । ओलम्पिकमा ३३ खेलका फरक ३ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ । यस वर्षको ओलम्पिकमा नेपालसहित विश्वभरबाट झन्डै ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

यदि तपाईँ पनि यो एनिमेसन गरिएको गुगल डुडल गेम खेल्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर खेल्न सक्नुहुनेछ ।

easy care

प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार

ताजा समाचार