गत वर्ष इलन मस्कलगायत चर्चित व्यक्तिको ट्विटर एकाउन्ट ह्याक गर्ने युवा स्पेनमा पक्राउ

Technology Khabar ७ श्रावण २०७८, बिहीबार

गत वर्ष इलन मस्कलगायत चर्चित व्यक्तिको ट्विटर एकाउन्ट ह्याक गर्ने युवा स्पेनमा पक्राउ

काठमाडौं ।

स्पेनको प्रहरीले एक २२ वर्षीय बेलायती नागरिकलाई १३० हाइ प्रोफाइल मानिसहरुको ट्विटर खाताहरू ह्याकिङ गरेको आरोपमा पक्राउ गरेको छ ।

उनले इलन मस्क, बाराक ओबामा र काइने वेस्टलगायत व्यक्तिहरुको ट्विटर एकाउन्ट ह्याक गरेको बताईएको छ।

गत वर्ष जुलाईमा ह्याक गरिएको खाताहरूले ट्विटरमा फलोअरहरुका लागि ट्वीट गरेर उनीहरूलाई बिटक्वाइन घोटालामा सामेल हुन प्रोत्साहित गरेको थियो ।

टिकटक र स्न्यापच्याट ह्याकिङ्गको अभियोगमा जोसेफ ओ’कन्नरलाई अनुमति बिना कम्प्युटरमा प्रवेश गरेको र  कम्प्युटरबाट जानकारी प्राप्त गर्न लगायत षड्यन्त्र गरेको आरोप लगाएको छ।

अमेरिकी फेडरल ब्यूरो अफ इन्वेस्टिगेशन (एफबीआई) को सान फ्रान्सिस्को डिभिजनले यस घटनाको अनुसन्धान गरिरहेको छ जसमा आन्तरिक राजस्व सेवा फौजदारी अनुसन्धान साइबर अपराध इकाई र अमेरिकाको सिक्रेट सर्भिसले सहयोग गरिरहेको छ।

यसभन्दा पहिले अधिकारीहरूले १९ बर्षे बोग्नर रेगिस र अर्का एक २२ वर्षे युवासहितलाई सो सम्बन्धमा आरोप लगाएका थिए।

ह्याकर्सले सार्वजनिक व्यक्तित्वको एकाउन्ट नियन्त्रण गरे र ट्विटहरूको श्रृंखलाहरू पठाए जसले फलोअरहरूलाई क्रिप्टोकरेन्सीलाई निर्दिष्ट बिटक्वाइन वालेटमा पठाउन भनेका थिए जसकाे बदलामा दोब्बर पैसा प्राप्त गर्ने बताएका थिए । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

ताजा समाचार