पेगासस स्पाइवेयर किन्न मेक्सिको सरकारले ३० करोड डलर खर्च गरेको खुलासा

Technology Khabar ७ श्रावण २०७८, बिहीबार

पेगासस स्पाइवेयर किन्न मेक्सिको सरकारले ३० करोड डलर खर्च गरेको खुलासा

मेक्सिकोको वित्तीय इन्टेलिजेन्स इकाईका प्रमुख सान्टियागो निटोले सन् २०१२ र २०१८ को बीचमा पूर्व प्रशासनिक अधिकारीहरूले इजरायलको एनएसओबाट “स्पाइवेयर” किन्नका लागि सरकारी कोषबाट ३० करोड डलर खर्च गरेको सार्वजनिक गरेका छन् ।

एसोसिएट प्रेसकाका अनुसार पेगासस स्पाइवेयर जस्ता प्रोग्रामहरू किन्नका लागि ‘बिल’ मा थप भुक्तानी पनि समावेश गरिएको छ, जुन पूर्व सरकारी अधिकारीहरूलाई घूसको रूपमा फिर्ता पठाइएको हुन सक्ने आशंका गरिएको छ।

मेक्सिकोको वित्तीय खुफिया इकाईका प्रमुख सान्टियागो निटोले बुधबार उक्त जानकारी मेक्सिकोका अभियोजकहरू अर्थात मुद्दा चलाउने पक्षलाई पठाइएको जानकारी दिए।

भुक्तानी गरिएको रकम र उनीहरूलाई भुक्तानी गर्ने तरिकाले सरकारी भ्रष्टाचारलाई दर्शाउँछ। जसमा पत्रकारहरू, कार्यकर्ता र विपक्षी व्यक्तित्वहरूलाई लक्षित गरिएको थियो र यसमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यान्युएल लोपेज ओब्राडोर र उनीसँग नजिकका व्यक्तिहरू पनि थिए।

“यसले २०१२ र २०१८ बीच सरकारलाई बढाईको मूल्यमा (स्पाइवेयर) बेचेर भ्रष्टाचारको कार्यलाई अस्तित्वमा पार्छ वा कमसेकम अनुमान गर्दछ,” निटोले भने।

निटोले लोपेज ओब्राडोरले डिसेम्बर १, २०१। मा पद लिए र ‘स्पाइवेयर’ प्रयोग नगर्ने वाचा गरेको बताएका थिए। निटोले त्यसबेलादेखि वर्तमान प्रशासनमा कुनै लेनदेन पत्ता नलागेको बताएका छन्।

सम्भावित निगरानीका लागि एनएसओ ग्राहकहरुद्वारा कथित छानिएका हजारौं मध्ये मेक्सिकोको सब भन्दा ठूलो सूची थियो जसमा ७०० भन्दा धेरै फोन नम्बर समावेश थियो ।

यसैबिच मोरक्कोको सरकारले भने यस बारेको समाचारलाई अस्वीकार गरेको छ।

फ्रान्सेली राष्ट्रपति र अन्य सार्वजनिक व्यक्तित्वहरूको मोबाइल फोनको अनुगमन गर्न देशको सुरक्षा फोर्सले इजरायलको एनएसओ समूहले बनाएको स्पायवेयर प्रयोग गरेको अस्विकार गरेको हो।

फ्रान्सेली अखबार ले मोन्डेले रिपोर्ट गरेअनुसार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र फ्रान्स सरकारका १५ तत्कालिन सदस्यका सेलफोनहरू २०१९ मा मोरक्कोको सुरक्षा एजेन्सीको पेगासस स्पाइवेयरले निगरानी गर्ने सम्भावित लक्ष्य मध्ये हुनसक्ने उल्लेख गरेको थियो।

फ्रान्सेली सार्वजनिक प्रसारक ‘रेडियो फ्रान्स’ ले मोरक्कोका राजा मोहम्मद छैठौंका फोनहरू र तिनका दलका सदस्यहरू पनि सम्भावित लक्ष्यहरूमध्ये रहेको बताएको छ ।

TK Viber

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

Loading...