चीनको जुरोङ रोभरले मंगल ग्रहमा आफ्नो प्याराशुट र ब्याकशेल भएको ठाउँमा पुगेर फोटो खिच्यो

Technology Khabar ७ श्रावण २०७८, बिहीबार

चीनको जुरोङ रोभरले मंगल ग्रहमा आफ्नो प्याराशुट र ब्याकशेल भएको ठाउँमा पुगेर फोटो खिच्यो

चीनले मंगल ग्रहमा पठाएको जुरोङ रोभरले मंगल ग्रहको सतहमा अध्ययन गरिरहेको छ।

यसै क्रममा उक्त रोभर हालै आफ्नो प्याराशुट र ब्याकशेल नजिकै पुगेर रोकिएको छ।

यसले त्यहाँ रोकिएर एउटा फोटो पनि खिच्यो जसलाई चीनको अन्तरिक्ष नियोग द चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनले शेयर पनि गरेको छ।

उक्त रोभरले गत मे १४ का दिन मंगल ग्रहको सतहमा अवतरण गर्दा आफ्नो ब्याकशेल र प्याराशुट खसेको ठाउँमा पुगेर फोटो खिचेको हो।

ब्याकशेल एउटा घुमाउरो चिज हो जसले रोभरलाई अवतरणका बेला उत्सर्जन भएको तापबाट जोगाउँछ। प्याराशुटले भने मंगल ग्रहको पातलो वातावरणमा पुगेपछि ल्यान्डर एकैपटक झरेर नबिग्रियोस् भन्नका लागि त्यसको गति मन्द बनाउन मद्दत गर्छ।

जसै ल्यान्डरको गति मन्द भएर यसले जमीनमा छुनका लागि आफ्नो रेट्रो प्रोपल्सर प्रयोग गर्छ तब ब्याकशेल र प्याराशुट आवश्यक हुँदैन।

त्यसैले तिनीहरुलाई पर हुर्याइन्छ जसले गर्दा रोभर जमीनमा चलाउँदा रोभर तथा ल्यान्डर अल्झिने सम्भावना कम रहन्छ।

चाइना नेशनल स्पेश एजेन्सीका अनुसार उक्त फोटो ब्याकशेलभादा करिब ३० मिटर परबाट खिचिएको थियो जुन रोभर ल्यान्ड गरेको स्थानभन्दा ३५० मिटर पर रहेको छ।

जुरोङले आफ्नो न्याभिगेशन टेरेन क्यामराको मद्दतले आफू ल्यान्ड गरेको स्थानबाट दक्षिणतिर अध्ययन गर्ने क्रममा ब्याकशेः र प्याराशुटको फोटो खिचेको हो।

प्याराशुट भएको ठाउँमा जाँदै गर्दा जुरोङ यूटोपिया प्लानिशिया क्षेत्रको अध्ययनमा पनि व्यस्त थियो। सिन्ह्वाका अनुसार जुलाइ १८ सम्म रोभरले जम्मा ५०९ मिटर यात्रा तय गरिसकेको थियो।

यो हाल आफूले सर्वेक्षण गर्नुपर्ने दोस्रो बालुवाको ढिस्कोतिर अग्रसर भइरहेको छ भने आसपासको क्षेत्रको अध्ययन पनि गरिरहेको छ।

उक्त रोभर हालसम्म मंगल ग्रहको सतहमा ओर्लिएको ६३ मंगल दिन भएको र राम्ररी चलिरहेको छ। मंगल ग्रहको दिनलाई सोल पनि भनिन्छ जुन पृथ्वीको भन्दा केही लामो हुन्छ।

अध्ययन अनुसन्धान बाहेक यो रोभरको मुख्य उद्देश्य ९० मंगल दिनसम्म मंगल ग्रहको प्रतिकूल वातावरणमा राम्ररी टिक्नु रहेको बताइएको छ।

TK Viber

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

Loading...