स्न्यापड्रागन ८८८ र ७७८जी युक्त स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा शाओमी

Technology Khabar ७ श्रावण २०७८, बिहीबार

स्न्यापड्रागन ८८८ र ७७८जी युक्त स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा शाओमी
Global IME Bank

काठमाडौं ।

चिनियाँ स्मार्टफोन जायन्छ शाओमीले यसै वर्षको मध्यान्तर हाराहारी कम्तीमा पनि १३ ओटा नयाँ डिभाइस सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

यीमध्ये केही एमआई मिक्स४ सिरिज तथा एमआई सीसी११ सिरिजका हुन सक्ने आकलन गरिएको छ। यी दुई सिरिजका स्मार्टफोनमा प्रयोग हुने चिपसेटहरुका बारेमा अनलाइनमा जानकारी आइसकेको छ।

एमआईयूआई सम्बन्धी चर्चित टिपस्टर क्यास्पर स्करिपेकले हालै यी दुई फोनमा राखिएका चिपसेटहरुका बारेमा जानकारी बाहिर ल्याएका हुन्। उनका अनुसार ती दुईमध्ये एउटाले एफसीसी सर्टिफिकेशन पनि पाइसकेको छ।

उनका अनुसार एफसीसीमा आएको डिभाइसको मोडल नम्बर 2107113SG हो भने यसलाई ‘भिली’ भन्ने कोडनेम दिइएको छ र यसमा क्वालकमको स्न्यापड्रागन ८८८ चिपसेट राखिएको छ।

उक्त जानकारीमा यो डिभाइस एमआई ११टी हुनसक्ने बताइए पनि यसअघि भिली एमआई मिक्स४ सिरिजको हिस्सा हुने बताइएकोले केही प्रस्ट हुन भने सकेको छैन।

यो डिभाइसलाई ईईसीले गत मे मा अनुमोदन गरेको थियो भने शाओमीयूआईका अनुसार यसमा १२० हर्ज रिफ्रेश रेटसहितको फुल एचडी+ एमोलेड डिस्प्ले रहनेछ।

क्यास्परले अर्को फोनको कोडनेम ‘लिसा’ राखिएको र यसमा स्न्यापड्रागन ७७८जी चिपसेट रहनेछ। यसबारे गत अप्रिलमा केही जानकारी बाहिरिइसकेको बताइएको छ।

शाओमीयूआईका अनुसार यसमा ९० हर्ज रिफ्रेश रेटसहितको डिस्प्लेका साथमा अन्डर सेल्फी स्क्रीन क्यामरा रहनेछ। यस्तै यसको पछाडि ६४ मेगापिक्सेलको सामसङ जीडब्लू३ मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहनेछ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार