गुगल प्ले अपडेटमार्फत् फोनबाटै वेयर ओएस एपहरु इन्स्टल गर्न सकिने

Technology Khabar ७ श्रावण २०७८, बिहीबार

गुगल प्ले अपडेटमार्फत् फोनबाटै वेयर ओएस एपहरु इन्स्टल गर्न सकिने

गुगलले आफ्नो प्ले स्टोरलाई स्मार्टवाचहरुका लागि वेयर ओएस ३.० आगमनका लागि तयार पारेको छ।

यसको पछिल्लो अपडेटमार्फत् यूजरले आफ्नो फोनको प्लेस्टोरबाटै स्मार्टवाचमा एपहरु इन्स्टल गर्न सक्छन्। यसबाहेक वाच एप तथा वाच फेसहरुमात्र खोज्नका लागि सर्च फिल्टर पनि एड गर्न सकिन्छ।

वाचमा रहेको प्लेस्टोर एपको यूआईमा पनि गुगलले यो महिनाको शुरुवातमा भने झैं मेटेरियल यू डिजाइनलगायतका थुप्रै परिमार्जन आउने भएको छ।

यो एउटा कार्ड इन्टरफेस हो जुन गोलाकार स्मार्टवाचको सानो स्क्रीन प्रयोग गर्दा उत्कृष्ट देखिने मान्यता छ।

स्मार्टवाचमार्फत् इन-एप पर्चेज गर्दा उक्त कुराको कन्फर्मेशन फोनमा जान्छ वा भुक्तानीका लागि वेब ब्राउजरमार्फत् तयार गरिएको यूआरएल उपलब्ध गराइन्छ।

TK Viber

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

Loading...