Technology Khabar ६ श्रावण २०७८, बुधबार
काठमाडौं ।
फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’क्याम्पेनको विजेता घोषणा गरेको छ । यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बनेका छन्।
विजेता खातीले सामसङको ५५–इन्च स्मार्ट टिभी जितेको कम्पनीले जानकारी दिएको छ ।
‘युरो कप विथ फोन लोन’ योजना असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोन लोन सन्जालका ५ वटा बैंक सहभागी भएका थिए । यो योजनामा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए ।
यस योजनामा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेयर’ द्वारा गरिएको बताईएको छ ।
यो योजनामार्फत फोनलोनले ग्राहकहरु माझ कागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधाबारे जानकार गराएको छ ।
पछिल्ला दिनमा फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तिब्र आकर्षण देखिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: ६ श्रावण २०७८, बुधबार