क्वालकमले अर्को वर्ष स्मार्टवाचका लागि स्न्यापड्रगान वेयर चिप सार्वजनिक गर्ने

Technology Khabar ६ श्रावण २०७८, बुधबार

क्वालकमले अर्को वर्ष स्मार्टवाचका लागि स्न्यापड्रगान वेयर चिप सार्वजनिक गर्ने

क्वालकमले आउँदो वर्ष अर्थात् सन् २०२२ मा स्मार्टवाचहरुका लागि नयाँ स्न्यापड्रागन वेयर चिपसेट सार्वजनिक गर्ने भएको छ।

केही समय अघि वेयरेबलको बजारमा पकड जमाउनका लागि गुगल तथा सामसङले आफ्ना वेयर र टाइजन ओएसलाई मर्ज गर्ने बताएकामा क्वालकम पनि वेयरेबल क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउने निर्णय लिएको बुझिएको छ।

पहिले केही वेयर ओएस युक्त स्मार्टवाचहरुको निकै आलोचना भएको थियो र यसको मुख्य कारण क्वालकमका पुराना चिपहरु रहेका थिए।

तर गुगलले सामसङससँग मर्जर गरेर आफ्नो वेयरओएसलाई अझ शक्तिशाली बनाउने घोषणा गरेपछि अमेरिकी चिप निर्माता क्वालकम पनि यस्तै शक्तिशाली वेयरओएसलाई सुहाउने क्षमतायुक्त चिप बनाएर प्रतिस्पर्धामा उत्रने भएको हो।

हाल सबैभन्दा स्मार्टवाच र ब्यान्डका लागि उपलब्ध नयाँ स्न्यापड्रागन ४१०० तथा ४१००+ रहेका छन् भने धेरै स्मार्ट डिभाइस निर्माताहरुले यो चिपलाई प्रयोगमा ल्याउन नै बाँकी छ।

अर्को शब्दमा भन्दा थुप्रै भेन्डरहरु एप्पल वाचमार्फत् स्मार्टवाचको बजारमा दबदबा कायम गरिरहेको एप्पलको दाँजोमा निकै पछाडि छन्।

तैपनि क्वालकमले आफ्नो वेयरेबल चिपको बजारमा आफ्नो उपस्थिति अझै मजबुत बनाउन स्न्यापड्रागन वेयर प्रोसेसर आगामी वर्षभित्र ल्याउने घोषणा गरेको हो।

यसबाहेक कम्पनीले नयाँ वेयरेबल इकोसिस्टम एक्सलरेटर कार्यक्रम पनि घोषणा गरेको छ जसमार्फत् नयाँ वेयर ओएस डिभाइसहरुको केन्द्रमा क्वालकम नै रहोस् भन्ने कम्पनीको योजना छ।

TK Viber

प्रकाशित: ६ श्रावण २०७८, बुधबार

Loading...