चीनमा बालबालिका सम्बन्धी अनुपयुक्त सामग्री इन्टरनेटबाट हटाउन आदेश

Technology Khabar ६ श्रावण २०७८, बुधबार

चीनमा बालबालिका सम्बन्धी अनुपयुक्त सामग्री इन्टरनेटबाट हटाउन आदेश

काठमाडौं ।

चीनको इन्टरनेट वाचडगले देशका केहि ठूला अनलाइन प्लेटफर्महरूलाई बालबालिका सम्बन्धी अनुपयुक्त सामग्री हटाउनका लागि आदेश दिएको छ।

कुइशौ, टेन्सेन्टको मेसेजिङ्ग टूल क्यूक्यू, अलीबाबाको ताओबाओ र वेइबोलाई चीनको साइबरस्पेस एडमिनिस्ट्रेशन (सीएसी)ले अदालतमा बोलाएको छ ।

सीएसीकाअनुसार प्लेटफर्मले सबै अवैध सामग्री “सुधार” र “सफा” गर्नुपर्ने बतायो र तिनीहरूलाई जरिवाना गरेको छ

बेइजिङले पछिल्लो दिनमा प्राविधि कम्पनीहरूमा आक्रामकरुपमा कारबाहीको प्रकृया चालिरहेको छ ।

एक विज्ञप्तिमा, सीएसीले भन्यो “अपरेसन नाबालिगहरुको शारीरिक र मानसिक स्वास्थ्यलाई जोखिममा पार्ने सात प्रकारका प्रमुख अनलाइन समस्याहरु समाधान गर्न केन्द्रित छ”। तिनीहरू यस्ता छन्:

  • बालबालिकाहरू लाईभस्ट्रीममा र सामाजिक मिडिया इन्फ्लूयन्सर बन्ने, “रकमलाई महत्व दिने” र उच्छृखलतालाई बढावा दिने
  • अश्लील र हिंसात्मक सामग्री
  • अनुपयुक्त कार्टुन जुन कामुक र हिंसात्मक सामग्री थियो
  • फोरमहरु जसले आत्महत्या वा चाइल्ड पोर्नमा संलग्न जस्ता व्यवहारलाई प्रोत्साहित गर्दछ
  • फ्यान क्लबहरू जहाँ बच्चाहरू कोष संकलन गतिविधिहरूमा सामेल थिए
  • “खराब सामाजिक ब्यवहार” जस्तो कि साइबरबुलिङ्ग।
  • युवाहरुलाई इन्टरनेट लतको विरूद्ध लड्नका लागि अपर्याप्त उपायहरू

प्लेटफर्मलाई दिशानिर्देश उल्लंघन गर्ने सामग्री हटाउनको लागि म्याद दिइएको छ र साथै जरिवाना पनि लगाइने बताईएको छ, तर सो विज्ञप्तीमा कम्पनीहरूले कति लामो समयसम्म र जरिवानाको आकारको विवरण भने दिँदैन।

बेइजिङले टेक्नोलोजी उद्योगमा आफ्नो पकड कडा पारेकोले यस बर्ष चीनको प्रमुख इन्टरनेट कम्पनीहरु निकै करीबरुपमा निगरानीमा आएका छन्। बीबीसी

Global Bank
easy care

प्रकाशित: ६ श्रावण २०७८, बुधबार

ताजा समाचार