अन्तरिक्ष यात्रामा सहयोगका लागि बेजोसद्वारा अमेजनका कर्मचारीलाई धन्यवाद, ट्विटरमा नकारात्मक कमेन्टको वर्षा

Technology Khabar ६ श्रावण २०७८, बुधबार

अन्तरिक्ष यात्रामा सहयोगका लागि बेजोसद्वारा अमेजनका कर्मचारीलाई धन्यवाद, ट्विटरमा नकारात्मक कमेन्टको वर्षा

काठमाडौं ।

जेफ बेजोसले आफ्नो अन्तरिक्ष यात्राका लागि आर्थिक सहयोग गरेकोमा अमेजनका कर्मचारीहरुलाई धन्यवाद दिएका छन्।

अमेजनका सीईओ बेजोसले मंगलबार उनकै कम्पनी ब्लू ओरिजिनद्वारा निर्मित रकेटमा अन्तरिक्षको बाहिरी भाग सम्मको ११ मिनेट लामो यात्रा गरेर सफलतापूर्वक फर्केका थिए।

उनको ऐतिहासिक अन्तरिक्ष उडानपद्छि बेजोसले ब्लू ओरिजिनको नीलो स्पेस शुट र काउब्वाइ ह्याटमा एउटा पत्रकार सम्मेलनमा उपस्थित हुँदै आफ्ना अनुभव सुनाएका थिए।

उनका भनाइबारे सामाजिक सञ्जालमा थुप्रै नकारात्मक टिप्पणीहरु पनि आएका थिए।

‘म पनि अमेजनका प्रत्येक कर्मचारी तथा उपभोक्तालाई यो मिशनका लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु’, बेजोसले उक्त पत्रकार सम्मेलनमा भने, ‘त्यसैले अमेजनका प्रत्येक उपभोक्ता तथा कर्मचारीलाई म आफ्नो अन्तरहृदयदेखि नै धन्यवाद भन्न चाहन्छु, यो सारै सराहनीय कार्य हो।’

उनको टिप्पणीलाई ट्विटरमा धेरैले नकारात्मक रुपमा व्याख्या गरे। अमेजनका कर्मचारीले पिसाब फेर्ने समय पनि नपाउने साथै उनीहरुले खतरा मोलेर काम गर्नुपर्ने, थुप्रै घण्टा काम गर्दा खाना खाने समय पनि नपाउने र त्यसै कम्पनीका मालिक भने विश्वकै धनी मान्छे भएको भन्दै व्यङ्ग्यात्मक तथा नकारात्मक पोस्ट तथा कमेन्टहरु व्याप्त भएका थिए।

easy care

प्रकाशित: ६ श्रावण २०७८, बुधबार

ताजा समाचार