असुस रोग फोन ३ मा एन्ड्रोइड ११ अपडेट उपलब्ध

Technology Khabar ६ श्रावण २०७८, बुधबार

असुस रोग फोन ३ मा एन्ड्रोइड ११ अपडेट उपलब्ध
Global IME Bank

काठमाडौं ।

गत वर्ष सार्वजनिक भएको असुस रोग फोनमा एन्ड्रोइड ११ अपडेट उपलब्ध हुने भएको छ।

असुसले हालै आफ्नो वेबसाइटमा एन्ड्रोइड १० अपरेटिङ सिस्टमसहित आएको असुस रोग फोन ३ मा एन्ड्रोइड ११ मा अपडेट गर्न फर्मवयर उपलब्ध गराएको छ।

तर यो अपडेट सबै असुस रोग फोन ३ का लागि नभइ ताइवानमा उपलब्ध सेटहरुमा मात्र उपलब्ध हुने बुझिएको छ।

यो फर्मवयर WW-18.0410.2105.133 नाममा रहेको र पूरा आकार २.७२ जीबीको रहेको छ। यसमा एन्ड्रोइड ११ मा आउने सबै फिचरहरु उपलब्ध हुने साथै बिल्ट इन एपसहितको नयाँ डिजाइनको जेनयूआई पनि रहनेछ।

तत्कालका लागि ताइवानका सेटहरुमा मात्र उपलब्ध हुने यो अपडेट असुसले बिस्तारै विश्वभरीका सेटहरुमा उपलब्ध गराउँदै जाने बताइएको छ। यो अपडेट गुगलले एन्ड्रोइड १२ सार्वजनिक गर्नुअगावै आउने अपेक्षा गरिएको छ।

Sajilo Visa

प्रकाशित: ६ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया