जेफ बेजोससहितको टिम ब्लू ओरिजिनको क्याप्सुलमार्फत अन्तरिक्षमा पुग्न सफल

Technology Khabar ५ श्रावण २०७८, मंगलवार

जेफ बेजोससहितको टिम ब्लू ओरिजिनको क्याप्सुलमार्फत अन्तरिक्षमा पुग्न सफल

काठमाडौं ।

विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोससहितको टिमले आफ्नो ऐतिहासिक अन्तरिक्ष यात्रा सफलरुपमा सम्पन्न गरेका छन्।

बेजोसको कम्पनी ब्लू ओरिजिनको नयाँ सेपर्ड स्पेसक्राफ्ट मार्फत मंगलबार बेलुका अन्तरिक्ष यात्रामा गएका थिए।

उनको साथमा उनका भाई तथा ८२ वर्षिया अन्तरिक्ष यात्री र एक १८ वर्षिय युवा सो अन्तरिक्ष यात्रामा सहभागी थिए।

बेजोसले यात्राबाट सबअर्बिटल अमेरिकाको टेक्सास भ्यानहर्नमा अवतरण भएसँगै यो आफ्नो जीवनकै महत्वपूर्ण अनुभव भएको बताए । ‘यो अविश्वनिय हो,’ उनले भने ।

यो  निजी अन्तरिक्ष यात्राको नयाँ युगमा प्रवेश गर्ने अर्को माइलस्टोन भएको बताईएको छ।

अमेरिकी अर्बपतिले पश्चिम टेक्सासको मरुभूमिको प्रक्षेपण स्थलबाट उडान र अवतरणसहित करिब ११ मिनेटको यात्रा भएको थियो।

ब्लू ओरिजिनको अन्तरिक्ष यान न्यू सेपर्ड करिब १०० किलोमिटरसम्म पुग्नेको थियो यो विश्वको पहिलो अनपाइलटेड अर्थात चालकरहित उडान थियो। यसमा चालक दल थिएनन र स्वचालितरुपमा सञ्चालन भएको थियो।

सो रकेटले करिब २,२३० किलोमिटरको गतिमा यात्रुहरुलाई अन्तरिक्षमा पुर्याएको थियो। सो क्याप्सुल पृथ्वीबाट ३ लाख ५१ हजार फिट अर्थात करिब १०६ किलोमिटर माथि पुगेको थियो ।

Global Bank
easy care

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार