माइक्रोसफ्ट ह्याक गरेको आरोप अमेरिका र उसका पक्षधरको अफवाह: चीन

Technology Khabar ५ श्रावण २०७८, मंगलवार

माइक्रोसफ्ट ह्याक गरेको आरोप अमेरिका र उसका पक्षधरको अफवाह: चीन

चीनले माइक्रोसफ्ट कम्पनीमा ठूलो साइबर हमला गरेको भनी लगाइएको आरोपको खण्डन गरेको छ।

अमेरिका तथा अन्य पश्चिमी देशले सोमबार विश्वका थुप्रै कम्पनीले चलाउँदै आएको माइक्रोसफ्ट एक्सचेन्ज इमेल प्लेटफर्म चीनले ह्याक गरेको आरोप लगाएका थिए।

उनीहरुले यो विश्वलाई नै चेतावनी दिँदै आएको घातक व्यवहारको अझ फराकिलो घटना भएको भन्दै भर्त्सना गरेका थिए।

उता चीनले भने सबै प्रकारका साइबर अपराधको विरोधमा रहेको र यी सबै दोषारोपण बनिबनाउ भएको जवाफ दिएको छ।

‘अमेरिकाले आफ्ना पक्षधर राष्ट्रहरुलाई चीनका बारेमा साइबर सुरक्षासम्बन्धी तर्कविहीन आलोचना गर्न उक्साएको छ’, चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकारहरुलाई बताए।

बेलायत, यूरोपियन यूनियन, न्युजिल्यान्ड तथा अस्ट्रेलियाले चीनले माइक्रोसफ्ट लगायत ‘हानीकारक साइबर गतिविधि’ गरेको भन्ने अमेरिकाको भनाइमा समर्थन गरेका थिए।

माइक्रोसफ्ट एक्सचेन्ज सिस्टमले विश्वभरका थुप्रै मुख्य प्राधिकरण साना व्यवसाय तथा सार्वजनिक संस्थालाई इमेल सेवा प्रदान गर्ने गर्छ। उक्त ह्याकका कारण लगभग ३० हजार संस्थाहरुलाई असर परेको थियो।

माइक्रोसफ्टले माइक्रोसफ्ट एक्सचेन्जमा रहेको जोखिमको दुरुपयोग गरेकोले ह्याकरहरुले अन्य ठाउँबाट इन्बक्समा पहुँच पुर्याउन सकेको भन्दै चिनियाँ साइबर जासुस समूहलाई आरोप लगाएको थियो।

घटनापछि माइक्रोसफ्टको जोखिम अध्ययन केन्द्रले हाफ्नियम नामको उक्त ह्याकर समूह चीन सरकारद्वारा समर्थित तथा चीनबाहिर बाट सञ्चालन हुने गरेको पाएको थियो।

TK Viber

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार

Loading...