ओपो रेनो ६ जेड डाइमेन्सिटी ८००यू र ६४ एमपी क्यामरासहित सार्वजनिक

Technology Khabar ५ श्रावण २०७८, मंगलवार

ओपो रेनो ६ जेड डाइमेन्सिटी ८००यू र ६४ एमपी क्यामरासहित सार्वजनिक

काठमाडौं ।

चिनियाँ  स्मार्टफोन कम्पनी ओपोले आफ्नो नयाँ रेनो जेड ६ स्मार्टफोन थाइल्यान्डमा सार्वजनिक गरेको छ।

यो डिभाइस ५ महिनाअघि केही एसियाली बजारमा आएको रेनो५ जेडको अपग्रेडेड भर्सनका रुपमा आएको बुझिएको छ।

रेनो६ सिरिजका अन्य फोनहरुमा झैं रेनो६ जेडमा पनि आकर्षक रेनो ग्लो डिजाइन दिइएको छ।

यसको अगाडि ६० हर्ज रिफ्रेश रेटसहितको पन्चहोल डिस्प्ले तथा पछाडि ६४ मेगापिक्सेलको मुख्‍यसहित ट्रिपल क्यामरा सेटअप दिइएको छ।

यसमा डिस्प्ले ६.४ इन्चको फुल एचडी+ एमोलेड डिस्प्ले राखिएको छ भने स्क्रीनमै फिंगरप्रन्ट स्क्यानर दिइएको छ। यसको पन्चहोल क्यामरा ३२ मेगापिक्सेलको छ।

यो डिभाइसमा डाइमेन्सिटी ८००यू चिपसेट तथा पावरका लागि ३० वाट र्यापिड चार्जिङ सपोर्टसहितको ४३१० एमएएच क्षमताको ब्याट्री राखिएको छ।

५ जीबी थप गर्न मिल्नेगरी ८ जीबी र्याम तथा १२८ जीबी आन्तरिक स्टोरेज सहित आउने यो स्मार्टफोनमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम तथा कलरओएस ११.१ उपलब्ध छ।

ओपो थाइल्यान्डले यसको मूल्यबारे जानकारी दिएको छैन। तर ओपो भियतनाममा ४१२ डलरको मूल्यसहित राखिएकाले यसैको हाराहारीमा उपलब्ध हुने आकलन गरिएको छ।

easy care

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार