एमाले नेताले बनाए ‘आइटी आर्मी’, सूचना प्रविधिको प्रयोगबाट दमन, उत्पीडन एवं विभेद अन्त्यको लक्ष्य

Technology Khabar ५ श्रावण २०७८, मंगलवार

एमाले नेताले बनाए ‘आइटी आर्मी’, सूचना प्रविधिको प्रयोगबाट दमन, उत्पीडन एवं विभेद अन्त्यको लक्ष्य

काठमाडौं ।

नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको नेतृत्वमा ‘आइटी आर्मी’ गठन गरिएको छ।

मंगलबार भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत घोषणा गर्न लागिएको ‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन हो ।

यसले सूचना प्रविधिको प्रयोगमार्फत मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्ने लक्ष्य राखेको छ ।

आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहनेछ । प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहने आइटी आर्मीका केन्द्रीय संयोजक चन्द भूषण साहले जानकारी दिए ।

आइटी आर्मीको संरचनामा सङ्गठन, प्रशिक्षण, उत्पादन, प्रचार र इन्टिलिजेन्स विभागसमेत रहने बताइएको छ ।

आइटी आर्मीको घोषणापत्र र कार्यविधिसमेत तयार भएको बताइएको छ । यसले सूचना प्रविधिलाई उत्पीडित जनताको पक्षमा प्रयोग गर्ने लक्ष राखेको घोषणापत्रमा उल्लेख छ।

‘देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामुहिक स्वरुपमा क्रियाशील रहनेगरी आईटी आर्मीको स्थापना गरिएको छ’, घोषणापत्रमा भनिएको छ ।

आईटी आर्मीको संचालन कार्यविधिअनुसार यसलाई सञ्चालन गरिने बताईएको छ ।

यसअघि पनि एमाले नेता महेश बस्नेतको नेतृत्वमा साइबर सेना गठन गरिएको घोषणा गरिएको थियो ।

easy care

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार