अश्लिल फिल्म बनाएको र मोबाइल एपमा प्रशारणको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति पक्राउ

Technology Khabar ५ श्रावण २०७८, मंगलवार

अश्लिल फिल्म बनाएको र मोबाइल एपमा प्रशारणको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति पक्राउ
NTC_Advt

काठमाडौं ।

भारतमा मुम्बई पुलिसको क्राइम ब्रान्चले ओटिटि प्लेटफर्महरुमा अश्लील चलचित्र बनाएर प्रशारण गरेको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्रालाई सोमबार राती पक्राउ गरेको छ।

मुम्बई क्राइम ब्रान्चका अनुसार राजको विरुद्ध यस वर्ष फेब्रुअरीमा मुद्दा दर्ता गरिएको थियो। कुन्द्राले पोर्न फिल्म उद्योगमा ८ देखि १० करोड भारु लगानी गरेको भारती मिडियाहरुले जनाएका छन् ।

बेलायतमा बस्ने राज कुन्द्रा र उनका भाइले त्यहाँ केनरीन नामको कम्पनी गठन गरे जसले ओटिटि प्लेटफर्महरुमा भारतीय पोर्ट फिल्म प्रशारण गर्ने गर्दछ। फिल्महरूका लागि भिडियोहरू भारतमा शूटिङ्ग गरिएको थियो र वी ट्रान्सफर (फाईल ट्रान्सफर सेवा) मार्फत केनरीनमा पठाइएको थियो।

उनले यो कम्पनी विदेशमा दर्ता गरेका थिए र यसबाट उनी भारतको साइबर कानूनबाट बच्न सक्थे।

आरोपका अनुसार कुन्द्रालाई पहिला सोधपुछका लागि बोलाइएको थियो र त्यसपछि उनलाई पक्राउ गरियो। कुन्द्राले अश्लील फिल्म प्रसारण गर्न जेएल स्ट्रीम’ नामको एप पनि विकास गरेको आरोप लगाईएको छ।

पक्राउ पछाडि जारी बयानमा मुम्बई प्रहरीले बताएअनुसार एपको संचालनदेखि यसमा अपलोड गरिएको सामग्रीसम्म राज कुन्द्राको स्वीकृति बिना अपलोड हुने गरेको थिएन। फिल्महरूका भिडियोहरू भारतमा शूट गरिएको थियो र ‘वी’ ट्रान्सफर मार्फत विदेशमा पठाइएको थियो। यस पछि, तिनीहरू त्यहाँबाट डाउनलोड गरियो र एपको सर्भरमा अपलोड गरियो।

उनको कम्पनीले तयार पार्ने ती अश्लिल भिडियोहरु पेड मोबाइल एपमा रिलिज गर्ने गरिन्थे ।

उनीसहित पक्राउ परेका अन्यलाई पोर्नोग्राफिक कन्टेन्टका साथै भारतको सूचना प्रविधि ऐन तथा साइबर कानूनअनुसार कारबाही अगाडी बढाएको बताईएकोछ ।

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार