माइमाङ १० एसई फाइभजी ह्वावेको ब्रान्डिङबिना नै सार्वजनिक

Technology Khabar ५ श्रावण २०७८, मंगलवार

माइमाङ १० एसई फाइभजी ह्वावेको ब्रान्डिङबिना नै सार्वजनिक

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेबाट गत वर्ष अनर टुक्रिएर छुट्टै ब्रान्ड बनेपछि अहिले भने चीनमा मात्र उपलब्ध मियामाङ ब्रान्ड अलग भएको छ।

ह्वावेबाट स्वतन्त्र भएको माइमाङले आफ्नो मिड रेन्जको स्मार्टफोन माइमाङ १० एसई फाइभजी सार्वजनिक गरेको छ।

यो डिभाइसमा स्न्यापड्रागन ४५० फाइभजी चिपसेट राखिएको छ भने ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज दिइएको छ।

यसबाहेक फोटोग्राफीका लागि पछाडि १३ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप दिइएको छ भने सेल्फीका लागि ८ मेगापिक्सेल शूटर राखिएको छ।

माइमाङ कम्पनी अब चाइना टेलिकम कर्पोरेशनको मातहतमा आएको छ जुन एसियाली मुलुकहरुमध्येकै सबैभन्दा ठूलो क्यारियर हो।

यो डिभाइस तत्काल डीजे डटकममा १६९९ चिनियाँ युआनमा उपलब्ध रहेको छ।

यसको पहिलो फ्ल्याश सेल आगामी जुलाइ ३१ मा हुनेछ भने यो कालो, नीलो र सिल्भर कलरमा उपलब्ध हुनेछ।

easy care

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार