भिभोद्वारा भी२१ स्मार्टफोन नेपाली बजारमा उपलब्ध, यस्तो छ नयाँ फोनको विशेषताहरु

Technology Khabar ५ श्रावण २०७८, मंगलवार

भिभोद्वारा भी२१ स्मार्टफोन नेपाली बजारमा उपलब्ध, यस्तो छ नयाँ फोनको विशेषताहरु

काठमाडौं ।

भिभोले भी२१ स्मार्टफोन आजदेखि नेपाली बजारमा ल्याएको छ । भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्दछ । यसको क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचि अनुसारको सुपथ मूल्य निर्धारण गरिएको छ ।

नयाँ उत्पादित भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओ.आई.एस) भएको फ्रन्ट क्यामरा जडान गरिएको छ । यो स्लीक र स्लीम छ । भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएकोछ।

भी २१ मा ४४ एम.पी ओ.आई.एस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामरा राखिएकोछ । यसले आकर्षक फोटो उत्पादन गर्दछ । ४४ एम.पी ओ.आई.एसले कम प्रकाशमा राम्रो फोटो निकाल्न सक्दछ। यसबाट प्रयोगकर्ताले राम्रो सन्तुष्टि लिन सक्नेछन् भने ६४ एम.पी ओ.आई.एस नाइट क्यामेराले उच्चस्तरको फोटोग्राफीको अनुभव प्रदान गर्दछ। ओ.आई.एसले अल्ट्रास्टेबल भिडियो आदि तयार गर्न पनि मद्दत गर्दछ। अर्काेतर्फ अतिरिक्त विशेषता भएको वाइड एंगल फोटोग्राफी र म्याक्रो फोटोग्राफी लिन सकिन्छ ।

मौलिक विशेषता भएको भी २१ ले पावर कनेक्टिभिटी र स्पीडले आधुनिक उच्च प्रविधिसंग परिचित र अतिरिक्त क्षमता खोज्ने ग्राहकहरुलाई समेत सन्तोष प्रदान गर्दछ । यसको विशेष प्राविधिक क्षमताले गर्दा ग्राहकहरुले वरिपरिको वातावरण र घटनालाई आफ्नो स्मार्टफोनमा क्याप्चर गर्न सक्छन् ।
भी २१ को बजार प्रवेशका साथै प्रसिद्ध अभिनेता प्रदीप खड्कालाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरिएको छ र भी २१ को बजार प्रवद्र्धनमा उनको दृश्यहरु महत्वपूर्णरुपमा समावेश गरिएको छ। उनको अभिनय कुशलताले युवापुस्तामा विशेष प्रभाव पार्नुका साथै भिभो ब्राण्डप्रति उनीहरुको आकर्षण बढ्दै जाने र स्थानीय उपभोक्ताहरुले पनि भिभोप्रति आत्मीयता देखाउने विश्वास गरिन्छ ।

बिक्रीको शुभारम्भको अवसरमा आयोजित समारोहमा बोल्नु हुँदै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले आफ्ना ग्राहकहरुको चाहना पूरा गर्ने गरी भी २१ नयाँ उत्पादन बजारमा ल्याएको बताए । अप्टिकल इमेज स्टेबलाइजेसनको सहयोगमा उद्योगले अग्रणी भूमिका खेल्नुका साथै स्मार्टफोन फ्रन्ट क्यामेराकोे भविष्यमा क्षेत्र बिस्तार गर्दे जानेछ । यसको मौलिक फिचर डिजाइन र अतुलनीय क्षमताले जीवनपद्धतिमा प्रभाव पार्नेछ ।

भिभो नेपालको ब्राण्ड म्यानेजर पेङ्ग दाले समारोहलाई सम्बोधन गर्दै भने, “भी सिरिज उत्कृष्ट र मूल्यवान हुनुका साथै नाइट सेल्फि क्यामेराले राम्रो परिणाम दिने भएकोले हामी त्यसमा गौरव गर्दछौं र प्रसिद्ध अभिनेता प्रदीप खड्कासंग सहकार्य गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दछौं । बजार रणनीतिमा स्थानीय प्रतिष्ठित व्यवसायीसंग मिलेर काम गर्दा राम्रो परिणाम आउने विश्वास लिएका छौं ।”

उत्कृष्ट नाइटभिजन सहितको फ्रन्ट क्यामेराले अप्टिकल इमेज स्टेबलाइजेसनको विशेषता राख्दछन् । भी २१ मा आफ्नै  मौलिकता सहितको ४४ एम.पी क्यामरा ओ.आई.एस र इ.आई.एस (इलेक्ट्रिोनीक इमेज स्टेबलाइजेसन) समेत संलग्न गरिएकोले जहिले र जहाँ पनि अल्ट्रास्टेबल सटले राम्रो र उत्कृष्टस्तरको फोटो र भिडियो खिच्न सक्दछ। उत्कृष्ट हार्डवेयर र सफ्टवेयरका कारण जुनसुकै अवस्थामा पनि उच्चगुणस्तरको भिडियो खिच्न सक्दछ।

यसले नाइटसट, एक्सन सट र ४ के भिडियो क्याप्चर गर्दछ । यदि कुनै अवस्थामा पर्याप्त प्रकाश छैन भने पनि ४४ एम.पी ओ.आई.एस सुपर नाइट सेल्फीको मद्दतले राम्रो दृश्य निकाल्न सकिन्छ।

फोटोमा न्वाइज नियन्त्रण गर्नका साथै सफा र उज्यालो फोटो उत्पादन गर्ने यसको विशेषता हो । ए.आई. नाइट अल्गोरिदमले पृष्टभूमिलाई पर्याप्त प्रकाश दिनुका साथै अनावश्यक फोटोको नोइज नियन्त्रण गर्दछ।

कम प्रकाशमा पनि क्यामेराको क्षमता बिस्तार गरी उत्कृष्ट फोटो खिच्न सक्ने प्रविधि भी २१ म समावेश गरिएकोछ। यसो गर्नमा ओएलइडी जस्तो प्रविधि जोडिएको छ। यसले फोटो र रेकर्डिङ्गमा राम्रो परिणाम ल्याउँछ ।

भी २१ विभिन्न विशेषता रहेकाछन् र दोहोरो दृश्य भिडियो खिच्न सक्दछ । जसमा आर्ट फोटोहरु समावेश गर्न सकिन्छ। यस्ता फोटो सहजै खिच्न सक्ने क्षमता भी २१ मा छ।

यो ७.२९ एमएम अल्ट्रा स्लीम डिजाइनमा प्राप्त हुनुका साथै सोफेष्टिकेसनको सन्देश दिन्छ। भी २१ ले ग्राहकको इच्छा पूरा गर्ने ७.२९ एमएम स्लीम र सोफेस्टिकेटेड भएकोले यसको माग बढ्दै जाने छ । भी २१ आधुनिक प्रविधिको उत्कृष्ट नमूनाको रुपमा बजारमा आएकोछ । यो स्मार्ट फोन एम.टि.के डाइमेन्सिटी ८०० यु प्रोसेसर मा चल्दछ भने यसमा ९० हर्जको डिस्प्ले रिफ्रेस रेट रहेको छ । भी २१मा ३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ ।

भी २१ नेपालमा जुलाई २० देखि रु. ४९,९९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार

ताजा समाचार