सन् २०२२ को शुरुवातमा आईफोन एसईको नयाँ भर्सन आउने

Technology Khabar ५ श्रावण २०७८, मंगलवार

सन् २०२२ को शुरुवातमा आईफोन एसईको नयाँ भर्सन आउने

काठमाडौं ।

एप्पलले सन् २०१६ मा पहिलो पटक सार्वजनिक गरेको आईफोनको स्पेशल एडिशन अर्थात् आईफोन एसईको नयाँ भर्सन ल्याउने भएको छ।

पहिलो पटक सन् २०१६ मा निस्केको यो डिभाइस सन् २०२० मा आईफोन एसई २०२० नाममा पुन: सार्वजनिक गरिएको थियो।

हालै एप्पलको आपूर्ति श्रृङ्खालामार्फत् बाहिर आएको एक रिपोर्ट अनुसार कम्पनीले यस्तो योजना गरिरहेको बुझिएको हो।

उक्त जानकारी वा चर्चालाई मध्यनजर गर्दा एप्पलले आगामी वर्ष अर्थात् सन् २०२२ को शुरुवातसम्ममा आईफोन एसई३ सार्वजनिक गरिसक्नेछ।

यसका लागि कम्पनीले आफ्नो साझेदार शिन्टेकमार्फत् यो स्मार्टफोनमा लाग्ने चिपको अध्ययन गर्न विशेषज्ञहरु झिकाइरहेका छन्।

कुनै पनि चिपलाई कुनै उत्पादनमा प्रयोग गर्दा सही छ वा छैन अथवा के कस्तो समस्या आउन सक्छ भनेर पहिले नै विशेषज्ञ इन्जिनीयरहरुद्वारा चिपको आन्तरिक परीक्षण अर्थात् चिप प्रोबिङ गर्ने गरिन्छ।

चिप कम्पनी टीएसएमसीको सहायक कम्पनी शिन्टेकले विशेष गरी चिपहरुको गुणस्तर परीक्षण गर्ने गर्दछ।

धेरै लामो समयदेखि एप्पलसँग काम गर्दै आएको यो कम्पनीले आईफोन एसई र आईफोन एसई २०२० का लागि पनि कच्चा पदार्थ आपूर्ति गरेको थियो।

विश्लेषक मिङ चि कुओले केही समयअघि एप्पलले आईफोन एसईको नयाँ भर्सनमा इन्टेलको चिप प्रयोग गर्ने बताएका थिए।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार

ताजा समाचार