जेडटीईको एक्शन ३० जुलाई २७ मा सार्वजनिक हुँदै, विवरण लीक

Technology Khabar ५ श्रावण २०७८, मंगलवार

जेडटीईको एक्शन ३० जुलाई २७ मा सार्वजनिक हुँदै, विवरण लीक
Global IME Bank

काठमाडौं ।

जेडटीईले आफ्नो आधिकारिक वेबो ह्यान्डलमार्फत् आफ्नो आउँदै गरेको एक्शन ३० स्मार्टफोन आगामी जुलाइ २७ मा सार्वजनिक हुने पुष्टि गरेको छ।

पोस्टमा राखिएको फोटोमा पछाडिपट्टि अनर ५० र ह्वावे पी५० मा जस्तै दुई ओटा गोलाकारमा ६४ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेट अप दिइएको छ।

आधिकारिक जानकारी अनुसार यो डिभाइस चार भिन्न रंगमा उपलब्ध हुनेछ। यस्तै यसमा स्न्यापड्रागन ८७० चिपसेट तथा ३.२ गिगाहर्जको सीपीयू रहनेछ।

स्टोरेजका हिसाबले यसमा ६, ८ र १२ जीबी र्याम तथा १२८, २५६ र ५१२ जीबीको आन्तरिक स्टोरेज भेरियन्टको अप्शन उपलब्ध हुनेछ।

यो डिभाइसमा ६.९२ इन्चको फुल एचडी+ रेजोल्युशनयुक्त ओएलईडी डिस्प्ले रहनेछ भने केही समयअघि बाहिरिएको विवरण अनुसार नै १६ मेगापिक्सेलको अन्डर डिस्प्ले सेल्फी क्यामरा दिइनेछ।

यो डिभाइसमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टमका साथमा परिमार्जित माइओएस ११ पनि रहने बुझिएको छ।

Sajilo Visa

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार