होण्डा ग्राजियाका नयाँ मोडलहरु नेपाली बजारमा

Technology Khabar ४ श्रावण २०७८, सोमबार

होण्डा ग्राजियाका नयाँ मोडलहरु नेपाली बजारमा

काठमाडौं ।

नेपाली बजारमा होण्डाको नवीन उत्पादन ग्राजिया बिएस६ को नयाँ मोडल सार्वजनिक भएको छ।

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी लिमिटेडले आइतबार एक कार्यक्रमका बीच ग्राजिया बिएस६को सार्वजनिक गरेको हो।

१२५ सिसी इन्जिन क्षमतामा उपलब्ध नयाँ बिएस६ निकै आकर्षक र स्टाईलिस लुकमा रहनुका साथै व्यवहारिक फिचरहरुले पूर्णता रहेको रि–डिफाइनरी उत्पादन रहेको कम्पनीले बताएको छ।

१५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर समेत उपलब्ध रहेको छ ।

यस फिचरले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न समेत राइडरलाई थप सहज हुने कम्पनीले जनाएको छ।

होण्डाको पीजीएम–एफआई (प्रोग्राम फ्यूल इन्जेक्सन) टेक्नोलोजीे प्रयोग भएकाले यस स्कुटरले बढी माइलेज र पावर समेत दिने कम्पनीको दावी छ ।

ग्राजियाको यस नयाँ बिएस६ डिएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि आइडिलिङ्ग स्टप रहेको छ भने नयाँ बिएस६ एसटिडी मोडलमा इन्जिन स्टार्टरस्टप स्वीच समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसिजी सहितको साइलेन्ट स्टार्ट, ईएसपी टेक्नोलोजीका साथ हिट इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु समेत ग्राजिया बिएस६ मा रहेको बैंकले जनाएको छ।

हाल दुई मोडलमा उपलब्ध ग्राजिया बिएस६ को बिएस६ डिआरएसको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ भने बिएस६ डिएसएसको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

easy care

प्रकाशित: ४ श्रावण २०७८, सोमबार