फेक आइडी बनाएर सामाजिक सञ्जालको दूरूपयोग नगर्न साइबर ब्यूरोको अनुरोध

Technology Khabar ४ श्रावण २०७८, सोमबार

फेक आइडी बनाएर सामाजिक सञ्जालको दूरूपयोग नगर्न साइबर ब्यूरोको अनुरोध

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले फेक आइडी बनाएर सामाजिक सञ्जालको दूरूपयोग नगर्न सबैसँग अनुरोध गरेको छ।

सोमबार एक विज्ञप्ती जारी गर्दै साइबर ब्यूरोले सामाजिक सञ्जाल दूरूपयोग गरी अमर्यादित कार्य गर्ने तथा चरित्र हत्या गर्ने लगायतका गलत कार्य नगर्न अनुरोध गरेको हो ।

पछिल्लो केहि समयदेखि सामाजिक सञ्जाल ट्विटर, फेसबुक लगायतमा व्यक्तिहरुको फेक आईडी बनाइ नाम, तस्वीर, भिडियो दूरूपयोग गर्दै फोटोशप, म्युटिलेट गरी प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु, सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन तथा प्रसारण गरेको पाइएको ब्यूरोले भनेको छ।

‘हाल कोभिड १९ ले ल्याएको संक्रमणकालिन समयमा पनि सामाजिक सञ्जालको दूरूपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उदेश्यबाट त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण गर्ने गरेको पाइएको हुँदा त्यस्ता कार्यहरु नगर्न नगराउन हुन अनुरोध छ,’ ब्यूरोद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

Global Bank
easy care

प्रकाशित: ४ श्रावण २०७८, सोमबार

ताजा समाचार