अब फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको गुणस्तर मापन गर्ने तयारी

Technology Khabar ४ श्रावण २०७८, सोमबार

अब फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको गुणस्तर मापन गर्ने तयारी

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरी नै मोबाइलका साथसाथै इन्टरनेट सेवाको समेत गुणस्तर परीक्षण गर्ने भएको छ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ देखि नै देशभर सातै प्रदेशमा मोबाइल सेवा तथा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट कनेक्सनको गुणस्तर मापदण्डयुक्त भए नभएको जाँच गर्ने भएको हो।

यसको लागि बजेटमार्फत प्राधिकरणले सात प्रदेशका मुख्य मुख्य स्थानहरुमा मोवाइल सेवा तथा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको गुणस्तरको तुलनात्मक मापन (Benchmarking) गरी तोकिएको मापदण्ड बमोजिम भए नभएको निरीक्षण गर्ने कार्यक्रम ल्याएको छ।

जसअनुसार प्राधिकरणले आगामी दोस्रो चौमासिकमा नै यस्तो परीक्षण गर्ने भएको हो ।

प्राधिकरणकाअनुसार यो कार्य परामर्शदाताको सहयोगमा गरिनेछ भने यसले आगामी दिनमा दूरसञ्चार सेवा प्रदायकहरुबाट प्रवाहित सेवाको गुणस्तरको अवस्था पहिचान भई आवश्यक सुधार गर्न सकिने अपेक्षा राखेको छ।

हालसम्म प्राधिकरणले मोबाइल सेवामा भ्वाइस र डाटाको मात्र गुणस्तर परीक्षण गर्दै आएको छ ।

easy care

प्रकाशित: ४ श्रावण २०७८, सोमबार