चिनियाँ विद्युतीय कार उत्पादक एक्सपेङको नयाँ सेडानको मूल्य निकै सस्तो, टेस्लालाई दबाब

Technology Khabar ४ श्रावण २०७८, सोमबार

चिनियाँ विद्युतीय कार उत्पादक एक्सपेङको नयाँ सेडानको मूल्य निकै सस्तो, टेस्लालाई दबाब

काठमाडौं ।

चिनियाँ विद्युतीय सवारी निर्माता एक्सपेङले आफ्नो नयाँ पी५ सेडानको मूल्य १६०००० युआन अर्थात् लगभग २४, ६९४ तोकेको छ।

कम्पनीले यो जानकारी टेस्लाले आफ्नो मोडल वाइ एसयूभीको सबैभन्दा सस्तो भेरियन्ट सार्वजनिक गरेको भोलिपल्ट यस्तो निर्णय गरेको हो।

एक्सपेङ यो गाडीको मूल्य यति सस्तो तोक्नुले बजारमा रहेका अन्य निर्माताहररुकाबीच सनसनी फैलाइदिएको छ।

पी५ एक्सपेङको सबै मोडलहरुमध्ये तेस्रो तथा सेडानहरुमध्ये दोस्रो मोडल हो। यसअघि यसै वर्षको शुरुवातमा कम्पनीले पी७ मोडलको सेडान सार्वजनिक गरिसकेको छ।

पी५ का विभिन्न ६ भेरियन्टहरु उपलब्ध छन्। यी सबैमा फिचरहरु अलग अलग रहेका र यिनीहरुको मूल्य पनि फिचर अनुसार नै १ लाख ६० हजारदेखि २ लाख ३० हजार युआनसम्म तोकिएको छ।

उता पी७ को भने २ लाख २९ हजार युआनबाट मूल्य शुरु भएको छ। टेस्लाको मोडल ३ को मूल्य चीनमा २ लाख ५० हजार ९०० युआन तोकिएको छ।

यसरी हेर्दा टेस्ला मोडल ३ भन्दा एक्सपेङको सबैभन्दा महंगो पी५ भेरियन्टको मूल्य नै लगभग २० हजार युआन कम देखिन्छ।

चीनको ग्वाङझाउमा मुख्यालय रहेको एक्सपेङले आफ्नो पी५ मा अर्ध-स्वचालित ड्राइभिङ फिचरका लागि लाईडार प्रविधि प्रयोग गरेको छ।

लाइडार प्रविधिमा वरिपरिको वातावरण आकलन गर्नका लागि लेजर प्रकाशको प्रयोग गरिन्छ। यस प्रविधिले लेजर किरणकै माध्यमबाट अगाडि आउने विभिन्न बाधा व्यवधानबाट जोगाउन अगाडिका वस्तुहरु र कारको दूरी मापन पनि गर्ने गर्दछ।

पी५को ६ मध्ये ४ मोडलहरुमा लाइडार ‍तथा एक्सपाइट नामको एक्सपेङको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम एडीएएस जडान गरिएको छ।

एक्सपेङ चीनको विद्युतीय सवारी क्षेत्रका थुप्रै स्थापित तथा स्टार्टअप उत्पादकहरुमध्ये एउटा हो।

easy care

प्रकाशित: ४ श्रावण २०७८, सोमबार