रियलमीले एप्पलको म्यागसेफको विकल्पमा काम गर्दै, नाम म्यागडार्ट रहने

Technology Khabar ४ श्रावण २०७८, सोमबार

रियलमीले एप्पलको म्यागसेफको विकल्पमा काम गर्दै, नाम म्यागडार्ट रहने
Global IME Bank

काठमाडौं ।

यूरोपियन यूनियन इन्टेलेक्चुअल प्रोपर्टी अफिस ईयूआईपीओमा हालै दर्ता गरिएको एक नयाँ डिभाइसको विवरण अनुसार रियलमीले एप्पलको म्यागसेफ जस्तै चार्जरमा काम गरिरहेको बुझिएको छ।

यो चार्जर एप्पलको म्यागसेफजस्तै चुम्बकमा आधारित हुने र यसको नाम म्यागडार्ट रहने उक्त दस्तावेजमा उल्लेख गरिएको थियो।

ईयूआईपीओमा उक्त दस्तावेज रियलमीको मुख्य कम्पनी ओपोद्वारा दर्ता गरिएको थियो।

उक्त दस्तावेजमा नयाँ डिभाइसबारे धेरै जानकारी नभए पनि म्यागडार्टमा स्मार्टफोनमा वायरलेस चार्जिङ प्याड राखिएको भने प्रस्ट छ। यो चार्जर आफैं विभिन्न सर्टिफिकेशन प्रक्रियामा रहेको बुझिएको छ।

यसबाहेक चीनको बीबीके इलेक्ट्रोनिक्स मातहत रहेका रियलमी, भिभो तथा ओपोजस्ता डिभाइस ब्रान्डले निकट भविष्यमै यस्तो उत्पादन सार्वजनिक गर्ने आकलन गर्न सकिन्छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ४ श्रावण २०७८, सोमबार