डिजिटल वित्तीय सेवाहरुको लागि प्राधिकरणले प्राविधिक मापदण्ड तयार पार्ने

Technology Khabar ३ श्रावण २०७८, आईतवार

डिजिटल वित्तीय सेवाहरुको लागि प्राधिकरणले प्राविधिक मापदण्ड तयार पार्ने

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले प्रविधिमा आधारित भएर वित्तीय सेवा दिने सेवा प्रदायकहरुको लागि प्राविधिक मापदण्ड तयार पार्ने भएको छ ।
यसका साथै ती सेवाहरुको सुरक्षाका लागि सुरक्षा पक्षहरु बारे पनि काम गर्ने भएको छ।

चालु आव २०७८।७९ को बजेटमा नयाँ कार्यक्रमअन्तरगत प्राधिकरणले डिजिटल फाइनान्सियल सर्भिसेजको लागि प्राविधिक मापदण्ड र सुरक्षा पक्षहरुको मापदण्ड तयार पार्ने भएको छ।

बजेटको कार्यक्रमअनुसार यसको लागि सरोकारवाला सहितको उपसमिति गठन गरिनेछ भने सो उपसमितिले तयार पार्ने कार्यबिधिलाई प्राधिकरणले स्वीकृत गर्ने योजना लिएको छ ।

यसले आगामी दिनमा डिजिटल फाइनान्सियल सर्भिसेजको सम्बन्धमा प्राधिकरणले तयार गर्नु पर्ने प्राविधिक व्यवस्थाको नीतिगत व्यवस्था हुने अपेक्षा गरिएकोछ। प्राधिकरणले यसको लागि २ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ ।

यसअघि नै प्राधिकरणले नेपालमा डिजिटल भुक्तानी तथा मोबाइल वालेटहरुको लागि सहजीकरण गर्नेगरि विभिन्न नीति नियमहरु बनाउन र सहकार्य गर्नको लागि नेपाल राष्ट्र बैंकसँग सम्झौता समेत गरिसकेको छ।

easy care

प्रकाशित: ३ श्रावण २०७८, आईतवार