फाइभजीको प्रयोगलाई बढावा दिन अन्य क्षेत्रको संभावना बारे अध्ययन गराईने

  • Technology Khabar | ३ श्रावण २०७८, आईतवार
फाइभजीको प्रयोगलाई बढावा दिन अन्य क्षेत्रको संभावना बारे अध्ययन गराईने

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आवमै परीक्षण सञ्चालनमा आउन लागेको फाइभजीको प्रयोगलाई बढाउन अध्ययन गर्ने भएको छ।

नियमनकारी निकायले फाइभजीको प्रयोग अन्य क्षेत्रमा गर्न सकिने संभावनाको लागि बजेट योजना गरेको हो ।

प्राधिकरणले अन्य क्षेत्रमा फाईभजी दूरसञ्चार सेवाको प्रयोगलाई बढावा दिन गर्नुपर्ने कार्यको सम्बन्धमा अध्ययन गर्ने गरि बजेट विनियोजन गरेको छ।

बजेट योजनाअनुसार पहिलो चौमासिकमा ५जी दूरसञ्चार सेवाको प्रयोगलाई बढावा दिन गर्नुपर्ने कार्यको सम्बन्धमा प्रारम्भिक अध्ययन हुने छ भने दोस्रो चौमासिकमा सो अध्ययनको लागि कार्य विवरण तयार पारी परामर्शदाता छनौट गर्ने भएको हो ।

त्यस्तै चालु आवमा नै गरी प्राप्त सिफारिशहरु समेत समाहित गरी अन्तिम प्रतिवेदन तयार भई आवश्यक कार्यान्वयनमा जाने गरि रकम बिनियोजन गरेको छ।

यसको लागि प्राधिकरणले चालु आवको बजेटमा ५० लाख रुपैयाँ छुट्याएको छ।

नेपाल टेलिकमले चालु आवको पुस मसान्त भित्रै नेपालमा ५जी सेवाको परीक्षण ४ वटा शहरहरुबाट गर्ने योजना लिएको छ र हाल त्यसको लागि फ्रिक्वेन्सीसहितको अनुमति लिने प्रकृयामा छ ।

प्रकाशित: ३ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

PUBG Mobile and Naruto Shippuden announces partnership with coming Version 4.5

  • Technology Khabar
  • ३ श्रावण २०७८, आईतवार