टेस्ला धनीलाई एफएसडी प्रिमियम ड्राइभर असिस्टेन्स मासिक १९९ डलरमा उपलब्ध गराइने

Technology Khabar ३ श्रावण २०७८, आईतवार

टेस्ला धनीलाई एफएसडी प्रिमियम ड्राइभर असिस्टेन्स मासिक १९९ डलरमा उपलब्ध गराइने

टेस्लाले हालै प्रिमियम ड्राइभर असिस्टेन्स प्याकेज प्रतिमहिनाका दरले उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

यसअघि यसका लागि ग्राहकले शुरुमै १० हजार डलर तिर्नुपर्थ्यो।

फुल सेल्फ ड्राइभिङ अर्थात् एफएसडीको नाम दिएर मार्केटिङ भइरहेको यो ड्राइभर असिस्टेन्स सिस्टमले टेस्लाका विद्युतीय सवारीमा ड्राइभर सीटमा एकाग्र भएर ड्राइभर बसेको खण्डमा मात्र सुरक्षित बनाउँछ।

यसको मतलब यो प्याकेज किनेपछि स्वचालित हिसाबले गाडी सुरक्षित तरिकाले जुनसुकै बाटोमा चल्न सक्छ भन्ने होइन।

टेस्लाका एक सवारीधनीले कम्पनीका तर्फबाट शुक्रबार पाएको मेसेज यस्तो थियो, ‘फुल सेल्फ ड्राइभिङ क्षमता अब मासिक शुल्कमा उपलब्ध छ।
न्याभिगेट अन अटोपाइलट, अटो लेन चेन्ज, अटो पार्क, समन, ट्राफिक लाइट तथा स्टप साइन कन्ट्रोलजस्ता फिचरहरुको अनुभव लिन ‍आफ्नो मोडल वाइलाई अपग्रेड गर्नुहोस्। यी इनेबल गरिएका फिचरहरुका लागि ड्राइभरको सुपरिवेक्षण आवश्यक छ र यिनीहरुले कारलाई स्वचालित बनाउँदैन।’

यी व्यक्तिको टेस्ला मोडल वाइमा एफएसडी शुरु गर्न आवश्यक सबै अवयव भए पनि अन्य ग्राहकले भने यसका लागि टेस्लाको कम्प्युटरलाई हार्डवयर ३ अर्थात् एचडब्लू३ मा अपग्रेड गर्नुपर्ने र त्यसको थप १५०० डलर तिर्नुपर्ने गुनासो गरेका छन्।

टेस्लाको इन्हान्ड अटोपाइलट प्याकेज लिइसकेकाहरुले मासिक ९९ डलरमै एफएसडी खरिद गर्न सक्ने तर यसका लागि पनि एचडब्लू३ आवश्यक पर्ने बताइएको छ।

TK Viber

प्रकाशित: ३ श्रावण २०७८, आईतवार

Loading...