हिलियो जी३५ र ५००० एमएएच ब्याट्रीसहित ओपो ए१६ सार्वजनिक

Technology Khabar ३ श्रावण २०७८, आईतवार

हिलियो जी३५ र ५००० एमएएच ब्याट्रीसहित ओपो ए१६ सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी ओपोले आफ्नो नयाँ ए१६ मोडलको स्मार्टफोन सार्वजनिक गरेको छ।

यो स्मार्टफोनमा ६.५२ इन्चको एचडी+ एलसीडी डिस्प्लेका साथमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा दिइएको छ।

पछाडिपट्टि १३ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहेको भने मिडियाटेकको हिलियो जी३५ चिपसेट राखिएको छ। पावरका लागि ५००० एमएएच क्षमताको ब्याट्री राखिएको यो डिभाइसमा एन्ड्रोइड ११ मा आधारित कलर ओएस ११.१ दिइएको छ।

यसमा फिंगरप्रिन्ट स्क्यानर साइडपट्टि दिइएको छ। पर्ल ब्लू, स्पेस सिल्भर तथा क्रिस्टल ब्ल्याक गरी तीन रंगमा उपलब्ध यो फोनको शुरुवाती मूल्य १४० डलर तोकिएको छ।

easy care

प्रकाशित: ३ श्रावण २०७८, आईतवार