६४ एमपी क्यामरा र ५००० एमएएच ब्याट्रीयुक्त जेडटीई ब्लेड भी३० सिरिज सार्वजनिक

Technology Khabar २ श्रावण २०७८, शनिबार

६४ एमपी क्यामरा र ५००० एमएएच ब्याट्रीयुक्त जेडटीई ब्लेड भी३० सिरिज सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईले ब्लेड भी३० सिरिजको स्मार्टफोनहरु सार्वजनिक गरेको छ। यो सिरिजमा जेडटीई ब्लेड भी३० र भी३० भिटा गरी दुई ओटा मिड रेन्ज फोरजी डिभाइसहरु रहेका छन्।

यी फोनहरुमा ठूलो आईपीएस एलसीडट्ठ डिस्प्ले, ४८ र ६४ मेगापिक्सेलका क्यामरा तथा ५००० एमएएच क्षमताको ब्याट्री रहेका र हालका लागि मेक्सिकोमा सार्वजनिक गरिएका हुन्।

ब्लेड भी३० मा ६.६७ इन्चको फुल एचडी+ डिस्प्ले छ जसमा १६ मेगापिक्सेलको सेल्फी पन्चहोल क्यामरा राखिएको छ। यसैगरी भी३० भिटामा भने ६.८ इन्चको ७२०X१६४० पिक्सेलको डिस्प्ले रहनेछ।

यसमा भने वाटरड्रप नच दिइएको छ र सेल्फी क्यामरा ८ मेगापिक्सेलको राखिएको छ।

भी३० मा पछाडिप्टि ६४ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप दिइएको छ। यसैगरी ब्लेड३० भिटामा भने पछाडिपट्रटि ४८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप दिइएको छ।

ब्लेड भी३० मा अक्टाकोर यूनिसोक टाइगर टी-६१८ चिपसेट राखिएको छ भने ४ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज दिइएको छ। यसैगरी ब्लेड भी३० भिटामा पनि अक्टाकोर प्रोसेसर दिइएको छ।

यी दुवै सेटमा ५००० एमएएचको ब्याट्री दिइएको छ भने एन्ड्रोइड ११ तथा जेडटीईको मफेभर यूआई उपलब्ध छ।

ब्लेड भी३० को शुरुवाती मूल्य २५६ डलर तोकिएको छ भने भी३० भिटाको मूल्य दिइएको छैन। यी दुवै सेट विश्वव्यापी रुपमा कहिले उपलब्ध हुन्छ भन्ने आधिकारिक जानकारी उपलब्ध छैन।

Global Bank
easy care

प्रकाशित: २ श्रावण २०७८, शनिबार

ताजा समाचार