दूरसञ्चार सेवा प्रदायकले बुझाएनन् साइबर सुरक्षा अडिट रिपोर्ट, कारबाहीको तयारी

Technology Khabar २ श्रावण २०७८, शनिबार

Global IME Bank

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन सेवा प्रदायक कम्पनीहरुले नै नटेर्ने गरेको पाईएको छ । भर्खर सकिएको आर्थिक वर्ष २०७७/७८ भित्र निर्देशनअनुसार बुझाउनुपर्ने साइबर सुरक्षा अडिट रिपोर्ट बुझाउनुपर्नेमा सबैजसो दूरसञ्चार सेवा प्रदायकहरुले सो निर्देशनको अवज्ञा गरेका छन् ।

प्राधिकरणले यसअघि निर्देशन दिँदै साइबर सुरक्षा अडिट तथा क्लाउड अडिट गर्नुपर्ने प्रावधान लागू गरेको थियो ।

सो प्रावधानअनुसार अनुमति लिएका सबै सेवा प्रदायकहरुले असार मसान्तभित्रमा आफ्नो प्रतिवेदन प्राधिकरणमा बुझाउनुपर्ने थियो । तर दुईवटा नेपालका ठूला मोबाइल अपरेटर र इन्टरनेट सेवा प्रदायकहरुले नै प्रतिवेदन बुझाएका छैनन् ।दुई वटा सेवा प्रदायक कम्पनीहरुले मात्र आफ्नो साइबर सुरक्षा अडिट गरेको प्रतिवेदन बुझाएका छन् ।

प्राधिकरणका एक निर्देशकले प्राधिकरणद्धारा जारी निर्देशन पालना नगर्ने र साइबर सुरक्षा अडिट नगर्ने सेवा प्रदायकहरुलाई कारबाही गर्ने बताए।

‘हामीले भनेअनुसार साइबर सुरक्षा अडिट नगर्ने र प्रतिवेदन नबुझाउने कम्पनीहरुलाई कारबाही गरिनेछ। यसमा कसैलाई छुट हुनेछैन्,’ उनले भने ।

यसअघि गत वर्ष प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै अनिवार्य सेक्यूरिटी अडिट गर्न निर्देशन दिएको थियो । त्यसको लागि प्राधिकरणले साइबर सुरक्षा विनियमावली समेत तयार पारिसकेको छ। र सोही विनियमावलीअनुसार उनीहरुले प्रतिवेदन बुझाउनुपर्ने हुन्छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २ श्रावण २०७८, शनिबार