अनरको म्याजिक३ सिरिज आगामी अगस्ट १२ मा सार्वजनिक हुने पक्का

Technology Khabar १ श्रावण २०७८, शुक्रबार

अनरको म्याजिक३ सिरिज आगामी अगस्ट १२ मा सार्वजनिक हुने पक्का

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी अनरले आगामी अगस्ट १२ तारिखका दिन उत्पादन सार्वजनिक गर्ने इभेन्ट आयोजना गर्ने भएको छ।

गत बुधबार अनरको उक्त इभेन्टको मितिका बारेमा केही जानकारी बाहिरिएको र त्यसको भोलिपल्ट अर्थात् बिहीबार कम्पनी आफैंले आधिकारिक रुपमा पुष्टि गरेको हो।

उसले यसको आधिकारिक पुष्टि गर्दै सम्बन्धित पाहुना हरुलाई निमन्त्रणा पनि पठाउन थालिसकेको छ।

उक्त निमन्त्रणामा अनर म्याजिक३ सिरिज लेखिएको साथै उक्त फोनको पाछाडिको क्यामरा सेटअफको क्लोजअफ भ्यू राखिएको छ। यसबाट आउँदै गरेको फोनमा ठूलो क्षमताको क्यामरा देख्न सकिने आकलन गरिएको छ।

यो बाहेक कम्पनीले अन्य कुनै जानकारी दिएको छैन। तर सिरिज भनिएकाले एकभन्दा धेरै डिभाइस आउन सक्ने अपेक्षा गरिएको छ।

ह्वावेबाट स्वतन्त्र भइसकेको र आफैं एउटा स्वतन्त्र ब्रान्डका रुपमा काम गर्न थालिसकेकोले यसको ग्लोबल भर्सनमा बिल्ट इन गुगल सर्भिसेज रहनेछ।

Global Bank
easy care

प्रकाशित: १ श्रावण २०७८, शुक्रबार

ताजा समाचार