जेठ महिनामा इन्टरनेट बैंकिङमार्फत् गरिने कारोबार घट्यो, रकम बढ्यो

Technology Khabar १ श्रावण २०७८, शुक्रबार

जेठ महिनामा इन्टरनेट बैंकिङमार्फत् गरिने कारोबार घट्यो, रकम बढ्यो

काठमाडौं ।

नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकम अघिल्लो पछिल्ला दुई महिनामा घट्दो क्रममा रहेको पाइएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा जेठ मसान्तसम्ममा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या २ लाख ४० हजार ४३८ रहेको पाइएको छ।

वैशाख मसान्तसम्ममा यो कारोबारको संख्या २ लाख ६८ हजार ४४ रहेको थियो। यसरी हेर्दा वैशाख मसान्तभन्दा जेठ मसान्तसम्मा इन्टरनेट बैंकिङमार्फत् भएको जम्मा कारोबार संख्या २७ हजार ७०६ ले कमी आएको हो ।

कारोबार रकममा १ अर्ब ६ करोड २०लाख रुपैयाँले वृद्धि

कारोबार संख्यामा कमी आएसँगै कारोबार रकम पनि घट्नु स्वाभाविकै भए पनि जेठ महिनामा भने कारोबार सङ्ख्या घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ।

अघिल्लो महिनामा इन्टरनेट बैंकिङमार्फत् १० अर्ब ८ करोड ५० लाख रुपैयाँको कारोबार भएकामा वैशाखको मसान्तमा आएर यो रकम ११ अर्ब १४ करोड २० रुपैयाँ पुगेको छ।

तुलनात्मक हिसाबले हेर्दा एक महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकममा १ अर्ब ६ करोड २० लाख रुपैयाँले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ।

Global Bank
easy care

प्रकाशित: १ श्रावण २०७८, शुक्रबार

ताजा समाचार