मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू, सञ्चालनमा रहेका सबै फोनहरुमा कुनै अबरोध नहुने

Technology Khabar ३१ असार २०७८, बिहीबार

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू, सञ्चालनमा रहेका सबै फोनहरुमा कुनै अबरोध नहुने

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुने जानकारी दिएको छ।

नियमनकारी निकायले बिहिबार सार्वजनिक सूचना जारी गर्दै नियमानुसार आईएमईआई दर्ता गर्नुपर्ने प्राबधानअनुसार सिस्टम सञ्चालन भईसकेको जानकारी दिएको हो।

पहिलो चरणमा प्राधिकरणले मोबाइल आयातकर्ताहरुले नै आईएमईआई दर्ता गर्नुपर्ने र त्यसको लागि आईएमईआई दर्ता एमडिएमएसमार्फत नै गर्नुपर्ने प्राबधान लागू भएको जानकारी दिएको हो।

‘साथै यस प्रणालीलाई क्रमशः पूर्णरुपमा लागु गरी मोबाइलको आयात एवं प्रयोगलाई थप व्यवस्थित, भरपर्दो र सुरक्षित बनाईनेछ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

त्यसैगरि प्राधिकरणले व्यक्तिगत रुपमा आयात गरेको मोबाइलको दर्ता प्राधिकरणको वेबसाइटबाट दर्ता गर्न सकिने समेत बताएको छ।

हाल प्रयोगमा रहेका मोबाइलहरु संचालनमा कुनै बाधा अबरोध नआउने समेत प्राधिकरणले दाबी गरेको छ।

easy care

प्रकाशित: ३१ असार २०७८, बिहीबार