यूरोपमा बिक्री भएका कुल मिड रेन्ज फोनको आधामा फाइभजी उपलब्ध

Technology Khabar ३१ असार २०७८, बिहीबार

यूरोपमा बिक्री भएका कुल मिड रेन्ज फोनको आधामा फाइभजी उपलब्ध

काठमाडौं ।

गत वर्षको पहिलो त्रैमासमा यूरोपेली बजारमा मिड रेन्ज फाइभजी स्मार्टफोनहरु उपलब्ध थिएनन्।

तेस्रो त्रैमासमा यो सेगमेन्टका स्मार्टफोनहरु २० प्रतिशत उपलब्ध भए।

काउन्टरप्वाइन्ट रिसर्चका अनुसार यस वर्षको पहिलो त्रैमासमा यूरोपमा मिड रेन्ज फाइभजी फोनहरु २५० देखि ५०० डलरबीचममा बिक्री भए।

यो महाद्विपमा गत वर्ष स्मार्टफोनको बिक्रीमा उल्लेख्य योगदान गर्ने सेगमेन्ट २५० देखि ५०० डलरसम्मको मिड रेन्ज तथा ५०० देखि ७०० डलरसम्मको सुपथ मूल्यका प्रिमियम फोनहरु थिए।

ह्वावेलाई यूरोप तथा अमेरिकालगायतमा प्रतिबन्ध लगाइएपछि यी सेगमेन्टका फोनको औसत मूल्यमा भने बढोत्तरी आएको देखियो।

ह्वावे यतिबेला पश्चिमी बजारबाट पलायन भइसकेको छ। यस ब्रान्डका फोन २५० डलर हाराहरीको सेगमेन्टमा निकै लोकप्रिय थिए।

ह्वावेपछि आएका ब्रान्डले मूल्य बढाए र कोरोना महामारीका बीच पनि २५०-५०० तथा ५००-७०० डलर रेन्जका फोनहरुको बाहुल्यता रह्यो। तर बजार २५० डलरभन्दा कमको आकर्षक स्मार्टफोनको भने अभाव रह्यो।

यसैगरी शाओमी, ओपो तथा वनप्लसजस्ता नयाँ ब्रान्डहरुको बिक्री अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा ४ गुणासम्म बढी व्यापार गर्न सफल भए। उक्त अवधिमा बेचिएका कुल मिड रेन्ज तथा सुपथ प्रिमियम फोनको एक तिहाइ यिनै तीन कम्पनीका रहेका छन्।

यसले एप्पल तथा सामसङजस्ता ठूला ब्रान्डलाई दबाब पर्यो। तर काउन्टरप्वाइन्टका अनुसार यी दुई ब्रान्डलाई यी अन्य कम्पनीले फ्ल्यागशिप सेगमेन्टमा पनि दबाब दिन सफल भएका छन्।

अब यी ब्रान्डहरुले फोल्डेबल फ्ल्यागशिपमा काम गरिरहेकाले सामसङ र एप्पललाई अझ बढी खतरा उत्पन्न भएको छ।

easy care

प्रकाशित: ३१ असार २०७८, बिहीबार