कनेक्ट आईपीएसमार्फत् जेठ महिनामा १७ अर्ब रुपैयाँको कारोबार

Technology Khabar ३१ असार २०७८, बिहीबार

कनेक्ट आईपीएसमार्फत् जेठ महिनामा १७ अर्ब रुपैयाँको कारोबार

काठमाडौं ।

नेपालमा जेठ महिनाभरी कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्या अघिल्लो महिनाभन्दा ३ लाख १७ हजार ९७ ले बढेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ताजा स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनका अनुसार वैशाख मसान्तसम्म कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार सङ्ख्या १८ लाख ४३ हजार ५५१ रहेकोमा जेठ महिनामा बढेर २१ लाख ६० हजार ६४८ पुगेको छ।

यो संख्या एक महिना अघि अर्थात्  चैतमसान्तसम्मको तुलनामा ३ लाख १७ हजार ९७ ले बढी हो।

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्यासँगै कारोबार रकम पनि त्यसै अनुपातमा बढेको छ।

२०७८ वैशाख मसान्तसम्म कनेक्ट आईपीएसमार्फत् १ खर्ब ४१ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा २०७८ जेठ मसान्तसम्म आइपुग्दा यो रकम बढेर १ खर्ब ५८ अर्ब २५ करोड ४० रुपैयाँ  पुगेको छ।

यो रकम अघिल्लो महिनाको भन्दा १६ अर्ब ९८ करोड ४० लाख  रुपैयाँले बढी हो।

सर्वसाधारणमा डिजिटल प्रविधिमार्फत् कारोबार गर्ने बानीको विकास हुँदै गएको र यसबाट हुने समयको बचत तथा तुरुन्तै कारोबारको स्थिति थाहा पाउन सकिने भएकाले पनि कनेक्टआईपीएस्ता सेवामा आकर्षण बढिरहेको पाइएको छ।

यसबाहेक अघिल्लो महिना यो सेवामार्फत् कारोबार गर्नेहरु घटे पनि जेठ महिनामा भने कारोबार रकम र कारोबार सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।

easy care

प्रकाशित: ३१ असार २०७८, बिहीबार

ताजा समाचार