अब डेस्कटपबाटै गुगल ड्राइभ सिंक गर्न सकिने, यस्तो छ प्रक्रिया

Technology Khabar ३० असार २०७८, बुधबार

अब डेस्कटपबाटै गुगल ड्राइभ सिंक गर्न सकिने, यस्तो छ प्रक्रिया

काठमाडौं ।

गुगलले कम्प्युटरका लागि एउटा नयाँ फिचर ल्याउने भएको छ।

यो फिचरमार्फत् यूजरले सजिलोसँग डेस्कटपलाई आफ्नो गुगल ड्राइभसँग सिंक गर्न सक्नेछन्।

कम्पनीका अनुसार अर्को हप्ता कम्प्यूटरले आफैं यूजरहरुलाई डेस्कटप ड्राइभ प्रयोग गर्न र यसलाई आगामी २०२१ सेप्टेम्बर महिनाभित्र सिंक गरिसक्न पनि नोटिफिकेशन दिनेछ।

२०२१ सेप्टेम्बरपछि भने यूजरहरलाई आफ्ना फाइलहरु सिंक गर्न सुझाउने नोटिफिकेशन दिनेछ।

डेस्कटपको ड्राइभका लागि यूजरले सोझै आफ्नो म्याक वा पर्सनल कम्प्युटरमा कलाउडमार्फत् फाइल एक्सेस गर्न सक्नेछन्। यसले यूजरको इन्टरनेट ब्याण्डविड्थ पनि जोगाउने कम्पनीको दावी छ।

डिस्कका फाइलहरु क्लाउडाम स्टोर हुनेछन्

कम्पनीले सोमवार दिएको जानकारी अनुसार डिस्कमा रहेका फाइलहरु क्लाउडमा स्टोर हुनेछन्। यसैले यूजरले कुनै एक डिभाइसमा गरेको परिवर्तन आफसेआफ सबै ठाउँमा लागू हुनेछ।

ड्राइभमा पनि डेस्कटपमा जस्तै फोल्डरहरु हुनेछन्

डेस्कटपका लागि ड्राइभ विन्डोज वा म्याक ओएस एप्लिकेशनले यूजरलाई आफ्नो डेस्कटपबाट सोझै ​​​​फाइलसम्म पहुँच राख्न मद्दत गर्दछ। यूजरहरुले आफ्ना फाइल तथा फोटो डेस्कटपमा पाए झैं ड्राइमा पनि फोल्डरहरुमा पाउनेछन्।

फाइल सिंक गर्न थोरै समय लाग्ने

कम्पनीका अनुसार डेस्कटप ब्याकग्राउमा पनि लोकल फाइलहरु क्लाउडमा आफैं सिंक हुनेछ। यसबाट फाइलहरु एक एक गरी सिंक गर्ने समय घट्छ। गुगलमा पहिलेदेखि नै ब्याकअप तथा सिंकसहित ड्राइभ फाइल स्ट्रिम सुविधा रहँदै आएको छ। यो व्यावसायिक यूजरका लागि दिइँदै आएको छ।

गुगल ड्राइभमा फोटो तथा भिडियो अपलोड तथा सिंक गर्न सकिने

 ब्याकअप तथा सिंक र ड्राइभ फाइल स्ट्रिम दुवै राम्रा र सबैभन्दा बढी प्रयोग गरिने फिचर हुने कम्पनीको आकलन छ। यूजरले अब गुगल फोटो वा गुगल ड्राइभमा फोटो तथा भिडियो अपलोड तथा सिंक पनि गर्न सक्नेछन्।

साथै यसले फ्ल्याश ड्राइभ तथा एक्स्टर्नल हार्ड ड्राइभसहितका बाहिरी स्टोरेज डिभाइस हरुलाघ समेत क्लाउडमा सिंक गर्न सक्नेछ।

डेस्कटपमा यसरी सिंक गर्नुस्

कम्प्युटरमा ब्याकअप तथा सिंकको अटो अपडेट आएपछि यूजरको नयाँ विन्डोज अपडेटेड कप्यूटरमा नोटिफिकेशन आउनेछ। त्यसपछि यसमा ‘ड्राइभ फर डेस्कटप’ देखिन थाल्नेछ।

यूजरको धेरै ओटा एकाउन्ट भएको खण्डमा तलका चरणहरु पार गर्नुपर्ने हुन्छ।

१. यो फिचरले लोकल तथा क्लाउड स्टोरबाट स्क्यान गरेर फाइललाई सिंक गरिदिन्छ। यो प्रक्रियामा केही मिनेटदेखि केही घण्टासम्मको समय पनि लाग्न सक्छ। यो फाइलको साइजमा भर पर्छ।

प्रक्रिया अघि बढ्दै गर्दा यसको प्रगति प्रोग्रेस बारमा देख्न सकिन्छ। यसरी  यो प्रक्रिया चलुन्जेल कुर्ने वा अर्को काम गर्ने विकल्प रोज्न सकिन्छ।

२. स्क्यान पूरा भएपछि फाइल समरी हेर्न तथा फाइललाई सिंक गर्ने विभिन्न तरिकामध्ये कुनैलाई छान्न सकिनेछ।

३. अब माइ ड्राइभमा सिक गर्न चाहेको फोल्डर सेलेक्ट गर्न सकिन्छ।

४. गुगल फोटोजलाई पनि ब्याकअप गर्न सकिनेछ।

५. अब डेस्कटपका लागि ड्राइभ सेलेक्ट गर्न सकिनेछ।

Global Bank
easy care

प्रकाशित: ३० असार २०७८, बुधबार

ताजा समाचार