रग्ड फोनको परीक्षण गर्दै नोकिया, जुलाइ २७ मा सार्वजनिक गर्ने तयारी

Technology Khabar ३० असार २०७८, बुधबार

रग्ड फोनको परीक्षण गर्दै नोकिया, जुलाइ २७ मा सार्वजनिक गर्ने तयारी

काठमाडौं ।

चर्चित फिनिस ब्रान्ड नोकियाले आगामी जुलाइ २७ मा एउटा रग्ड फोन सार्वजनिक गर्ने भएको छ।

नाम अनुसार नै रग्ड फोन भन्नाले अन्य साधारण स्मार्टफोनको तुलनामा दोब्बर हाउजिङ र सुरक्षाका उपायहरु प्रयोग गरेर धुलो पानी कम्पन टक्कर आदिबाट असर नपर्ने र लामो समयसम्म चलाउन मिल्ने गरी बनाइएका फोनहरुलाई बुझाउँछ।

कम्पनीले हालै एउटा ट्विटरमा एउटा टिजरका साथमा केही शब्दहरुसहित अब आउँदै गरेको फोन रग्ड फोन हुने इंगित गरेको थियो।

यो फोनको डिजाइन झट्ट हेर्दा कम्पनीले भर्खरै ल्याएको एक्स१० र एक्स२० को जस्तै देखिन्छ। यसमा पनि पछाडि गोलाकार हाउजिङमा जाइसको ब्रान्डिङसहितको क्वाड क्यामरा सेटअप रहने र बीचमा एलईडी फ्ल्याश रहने बुझिएको छ।

यसको केस प्लास्टिकबाट बनेको छ भने यसक स्पेसिफिकेशनका बारेमा धेरै जानकारी दिइएको छैन। तर यो फोन निकै चर्चामा रहेको नोकिया एक्सआर२० हुनसक्ने आकलन गरिएको छ।

यो डिभाइस गत महिना गीकबेन्चमा देखा परेको थियो जसमा एक्स१० र एक्स२० मा जस्तै ४ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज दिइएको छ।

easy care

प्रकाशित: ३० असार २०७८, बुधबार