पर्सनल कम्प्युटरको विश्वव्यापी बिक्री दोस्रो त्रैमासमा यथावत्

Technology Khabar २९ असार २०७८, मंगलवार

पर्सनल कम्प्युटरको विश्वव्यापी बिक्री दोस्रो त्रैमासमा यथावत्
सांकेतिक

सन् २०२१ को दोस्रो त्रैमासमा विश्वव्यापी पर्सनल कम्प्युटरको बिक्री यथावत् रहेको छ।

कोरोना महामारीका कारण आपूर्ति श्रृङ्खलामा अवरोध आएको तथा उपभोक्ताको माग पनि बढेकाले कम्पनीहरुलाई आपूर्ति धान्न गाह्रो हुने आकलन गरिएको थियो।

आईडीसीको एउटा रिपोर्ट अनुसार दोस्रो त्रैमासमा विश्वभरमा ८ करोड ३६ लाख थान पर्सनल कम्प्युटर बिक्री भएको थियो। यो आँकडा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.२ प्रतिशतले बढी हो।

वार्षिक वृद्धिदरमा बढोत्तरी भए पनि उपभोक्ताको पर्सनल कम्प्युटर किन्ने बानीमा भने लगभग १३ प्रतिशतले नराम्ररी घट्दै गएको पाइएको छ।

२०२१ को दोस्रो त्रैमासको १३ प्रतिशत वृद्धि अघिल्लो त्रैमासको ५५.९ प्रतिशतको तुलनामा निकै कम हो।

महामारीका कारण २०२० र २०२१ मा पर्सनल कम्प्युटरको खरिदमा व्यापक वृद्धि भए पनि विश्लेषकहरुले आउँदा वर्षहरुमा मानिसहरुको खर्च गर्ने प्रथमिकतामा परिवर्तन आउने र यसले गर्दा पर्सनल कम्प्युटरको खरिद बर्सेनि घटदै जाने प्रक्षेपण गरेका छन्।

‘मागका हिसाबले हेर्दा बजारमा मिश्रित संकेतहरु आइरहेका छन्’, आईडीसीको डिभाइस एन्ड डिस्प्लेस ग्रुपकी अनुसन्धान विश्लेषक नेहा महाजनले भनिन्।

उनका अनुसार व्यवसायहरु खुल्ने क्रम शुरु भएको व्यावसायिक क्षेत्रमा माग बढिरहेको छ तर उपभोक्ताको खर्च गर्ने प्राथमिकतामा परिवर्तन आएका कारण माग घटिरहेकाले बजारमा मिश्रित संकेत आइरहेको हो।

आईडीसीका अनुसार पर्सनल कम्प्युटरमा डेस्कटप, नोटबुक, क्रोमबुक तथा वर्क स्टेशनहरु पनि पर्ने तर एक्स८६ सर्भरहरु भने पर्दैनन्।

यस वर्ष बजार हिस्साका आधारमा शीर्ष ३ कम्पनी यथावत नै छन्। २५.२ प्रतिशत बजार हिस्सासहित लेनोभो पहिलो नम्बरमा तथा एचपी र डेल क्रमश: दोस्रो र तेस्रो नम्बरमा रहेका छन्।

यो सूचीमा एप्पल र एसर चाैथो र पाँचाैं नम्बरमा छन्।

क्र सं कम्पनी बिक्री सङ्ख्या
लेनोभो २०, ००५
एचपी १८, ५९४
डेल १३, ९७६
एप्पल ६, १८६
एसर ६, ०८८
TK Viber

प्रकाशित: २९ असार २०७८, मंगलवार

Loading...