नयाँ अनर म्याजिकबुक रेजेन एडिशन ल्यापटप जुलाइ १४ मा सार्वजनिक हुने

Technology Khabar २८ असार २०७८, सोमबार

नयाँ अनर म्याजिकबुक रेजेन एडिशन ल्यापटप जुलाइ १४ मा सार्वजनिक हुने

काठमाडौं ।

अनरले बुधबार आफ्नो नयाँ ल्यापटप मोडलहरु चीनमा सार्वजनिक गर्ने भएको छ।

अनर लाइफको आधिकारिक वेबो एकाउन्टका अनुसार यसअघि ह्वावेको सहायक ब्रान्डका रुपमा रहेको अनरले आफ्नो उत्पादन सार्वजनिक गर्ने इभेन्ट आगामी जुलाइ १४ तारिखमा बेलुका ७ ३० बजे सीएसटीका लागि तय गरेको हो।

कम्पनीले उक्त इभेन्टमा अनर म्याजिकबुक रेजेन एडिशनका नोटबुक सार्वजनिक गर्ने बुझिएको छ।

कम्पनीले यस डिभाइसका बारेमा विस्तृत विवरण भने खुलाएको छैन। तर यो सिरिजमा अनर म्याजिकबुक १४ रेजेन अनर म्याजिकबुक १५ रेजेन एडिशन आउने अपेक्षा गरिएको छ।

यसबाहेक यी नोटबुकमा एएमडी रेजेन ५००० सिरिजका प्रोसेसर रहने साथै थुप्रै मेमोरी भेरिएन्टमा उपलब्ध हुने बुझिएको छ।

सफ्टवयरका हकमा यसमा माइक्रोसफ्ट विन्डोज १० अपरेटिङ सिस्टमका साथमा मल्टी स्क्रीन कोल्याबोरेशनको फिचरसमेत रहने बुझिएको छ।

यो सार्वजनिक हुन २ दिनमात्र बाँकी रहेकोले कम्पनीले केही घण्टामा यसका अरु स्पेसिफिकेशनहरु बाहिर ल्याउने अपेक्षा गर्न सकिन्छ।

Global Bank
easy care

प्रकाशित: २८ असार २०७८, सोमबार

ताजा समाचार