Technology Khabar २८ असार २०७८, सोमबार
काठमाडौं ।
रियलमीले रियलमी ६ तथा ६आईका (भारतीय भेरियन्ट) लागि एन्ड्रोइड ११ मा आधारित रियलमी यूआई २.० ओपन बिटा प्रोग्राम उपलब्ध गराउने घोषणा गरेको छ।
यस कार्यक्रममा सहभागी हुनका लागि फोनको सेटिङ्समा गएर त्यसपछि सफ्टवयर अपडेट मेनुमा ट्याप गर्नुपर्छ।
त्यसपछि दायाँपट्टि माथिको कुनामा रहेको सेटिङ्समा क्लिक गर्नुपर्छ। त्यसलगत्तै ट्रायल भर्सन र एप्लाइ नाउमा क्लिक गरेपछि उक्त एप्लिकेशन सेलेक्ट हुन्छ। यसपछि उक्त डिभाइसमा बिटा बिल्ड इन्स्टल हुन्छ।
तर ध्यान दिनुपर्ने कुरा के हो भने उक्त बिल्ड इन्स्टल हुने डिभाइसमा आरएमएक्स२००१_११.बी.६३ भर्सनको फर्मवयर चलिरहेको हुनुपर्छ।
एकपटक बिटा अपडेट प्राप्त गरेपछि इन्स्टल गर्नुअघि उक्त डिभाइसमा कम्तीमा ६० प्रतिशत ब्याट्री तथा ५ जीबी आन्तरिक स्टोरेजे हुनु जरुरी हुन्छ।
रियलमीका अनुसार यो अर्ली एक्सेस प्रोग्राममा सहभागी हुने यूजरले ओपन बिटा प्रोग्राममा सहभागी हुनु नपर्ने र ती डिभाइसहरुमा आफैं बिटा भर्सन अपडेट हुनेछन्।
बिटा प्रोग्राममा सहभागी हुनेले सबैका लागि उपलब्ध भएपछि स्टेबल बिल्डका रुपमा अत्याधुनिक बिटा फर्मवयर प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ।
प्रकाशित: २८ असार २०७८, सोमबार