चिनियाँ ह्याकर समूहद्वारा टेलिकमको सर्भर ह्याक, डार्क वेबमा डाटा बिक्रीका लागि राखियो

Technology Khabar २७ असार २०७८, आईतवार

चिनियाँ ह्याकर समूहद्वारा टेलिकमको सर्भर ह्याक, डार्क वेबमा डाटा बिक्रीका लागि राखियो

काठमाडौं ।

नेपालको सरकारी दूरसञ्चार सेवा प्रदायक, नेपाल टेलिकमको सर्भरमा चिनियाँ ह्याकर समूहद्वारा संगठित साइबर आक्रमण भएको छ । चिनियाँ समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरेर डाटा ह्याक र लीक गरिएको हो ।

सबैभन्दा पहिले लुम्बिनी सञ्चारले रिपोर्ट गरेको समाचारअनुसार केही समय अघि नै डाटा ह्याक गरेर चोरीएको भएपनि टेलिकमको व्यवस्थापनले आइतबार मात्र थाहा पाएको हो।

रिपोर्टकाअनुसार इन्स्किट ग्रुपको प्रतिवेदनअनुसार चीनको राज्य सञ्चालित थ्रेट एक्टिभिटी ग्रुप २२ (ट्याग-२२)ले नेपाल टेलिकमको सर्भरमा ‘ग्लासफिस’ सर्भरका माध्यमबाट प्रवेश गरि ‘कोल्बटस्ट्राइक’ का माध्यमबाट सर्भर ह्याक गरेको बताईएको छ ।

साे ह्याक गरिएको भनिएको डाटालाई डार्क वेबमा बिक्रीका लागि राखिएको छ । जसमा ह्याकरहरूले नेपालसहित पाकिस्तान र फिलिपिन्सको टेलिकम डाटा बिक्रीमा राखेका छन् ।

एक साइबर सुरक्षा विज्ञले केहि समयअघि लिएको डाटा राखिएको देखिएको तर पब्लिक आईपी ठेगानाबाट लिईएको जस्तो देखिने बताए ।

ह्याकरले राखेको डाटामा सर्भर र आईपी ठेगाना नै प्रकाशित  गरिएको छ।

सो बारेमा जानकारी पाएसँगै टेलिकम व्यवस्थापनले आफ्नो सबै सर्भरहरु परीक्षण गरेको र एउटा पुरानो सर्भरमा आक्रमण भएको आशंका गरेका छन् ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सो सर्भर हाल बन्द गरेर अनुसन्धान गरिएको जानकारी दिए । उनले सो ह्याकको तथ्यांकमा डाटा पब्लिक वाईफाईबाट लिएको देखिने भन्दै हामीले पुरानो राउटरहरुबाट डाटा लीक भएको अनुमान गरिएको बताए ।

‘हाम्रा मुख्य सर्भर र नेटवर्कहरु सुरक्षित रहेका छन् । त्यसमा हामीले दुई लेयरमा फायरवाल राखेका छौं। र सिस्टममा कुनै अनधिकृत पहुँच हुने बित्तिकै स्वत अलर्ट गर्दछ,’ प्रबन्ध निर्देशक अधिकारीले भने ।

उनकाअनुसार लीक भएको भनिएको डाटामा कुनै लीक स्याम्पल नभएको हुँदा त्यो आधिकारीक नभएको र पब्लिक डाटा मात्र राखिएको अनुमान छ ।

प्रबन्ध निर्देशक अधिकारीले यस बारेमा प्राविधिक टिमले अनुसन्धान गरिरहेको र त्यसपछि मात्र बिस्तृतमा जानकारी आउने बताए ।

Global Bank
easy care

प्रकाशित: २७ असार २०७८, आईतवार

ताजा समाचार