एलजीद्वारा आफ्ना बेस्ट शपबाट आईफोन बेच्ने निर्णय तत्कालका लागि रद्द

Technology Khabar २५ असार २०७८, शुक्रबार

एलजीद्वारा आफ्ना बेस्ट शपबाट आईफोन बेच्ने निर्णय तत्कालका लागि रद्द

काठमाडौं ।

एलजीले दक्षिण कोरियामा रहेका आफ्ना बेस्ट शप लोकेशनमार्फत् आईफोन बेच्ने भनी गरेको घोषणा तत्कालका लागि रद्द गरेको छ।

साना तथा मझोला आकारका व्यवसायले एलजीको उक्त निर्णयको विरोध गरेपछि कम्पनीले तत्कालका लागि यो कदम उठाएको बुझिएको छ।

दक्षिण कोरियाली सरकारको सामसङ र एलजीजस्ता ठूला व्यवसायीहरुका लागि आफ्ना किनमेल केन्द्रमा प्रतिस्पर्धी उत्पादनहरु बेच्न पाउने एउटा नीति छ।

यदि यो नीति अनुरुप नै काम गरेर ठूला खुद्रा व्यापारीले आफ्ना ठूला किनमेल केन्द्रमा धेरै उपभोक्तालाई आकर्षित गर्छन् र कोरोना महामारीका कारण पहिले नै थिल्थिलो भएका यस्ता साना व्यवसायहरुको जोखिम अझ बढ्ने निश्चित छ।

सामसङ आफैं पनि यो नीतिको पक्षमा थिएन किनकि आईफोनको विस्तारित उपलब्धताले आफ्नो फाइभजी स्मार्टफोनको स्थानीय बजार असुरक्षित हुने उसको डर थियो।

दक्षिण कोरियामा एलजीका कम्तीमा पनि ४०० बेस्ट शपहरु रहेका छन्।

एलजीका आफ्ना आन्तरिक चिन्ता पनि छन्। एप्पलका उत्पादन बेच्दा मानव संशाधन तथा वितरण प्रणाली पनि एलजीका उत्पादनबाट बिस्तारै पर पर हुँदै जान्छन्।

स्मार्टफोनको बिक्रीले स्मार्ट फिचर भएका होम एप्लायन्सको बिक्रीमा पनि असर पुर्याउने मान्यता रहेकाले फोनको बिक्री घट्नुले होम एप्लायन्सको बिक्री पनि कम हुने आन्तरिक चिन्ता एलजी रसामसङ दुवैको साझा हो।

यसबाहेक हालै एप्पल र एलजीबीच खटपट भएका कारण यो निर्णयमा ढिलाइ भएको चर्चा पनि व्याप्त छ।

एलजीले आफ्ना सबै बेस्ट शपमा एप्पलका उत्पादन राख्न खोजेको तर एप्पलले भने २०० जति बेस्ट शपमा मात्रै आफ्ना उत्पादन राख्ने र बाँकी आफ्नो स्तर अनुसारको नभएको संकेत गरेको थियो।

यसै क्रममा एलजीले आफ्ना कर्मचारीलाई दिइरहेको एप्पल उत्पादन बेच्ने तालिम रोकेको बुझिएको छ।

यो सम्झोता महामरी सकिएपछि पुनर्वहाली हुन्छ वा हुँदैन भन्ने स्पष्ट नभए पनि एलजीले भने यसलाई अस्थायी निर्णय भएकव बताएको छ।

Global Bank
easy care

प्रकाशित: २५ असार २०७८, शुक्रबार

ताजा समाचार