उत्सर्जन घटाउने प्रविधिको विकास रोकेको भन्दै फक्सवागन र बीएमडब्ल्यूलाई १ अर्ब डलर जरिवाना

  • Technology Khabar | २५ असार २०७८, शुक्रबार
उत्सर्जन घटाउने प्रविधिको विकास रोकेको भन्दै फक्सवागन र बीएमडब्ल्यूलाई १ अर्ब डलर जरिवाना

काठमाडौं ।

युरोपेली आयोगले गाडीको हानिकारक उत्सर्जन घटाउन सक्ने प्रविधिको विकासलाई रोक्नको लागि डेमलरसँग मिलेको भन्दै फक्सवागन समूह र बीएमडब्ल्यूलाई १ अर्ब डलर जरिवाना गरेको छ।

‘तीन जर्मन कार निर्माताले फक्सवागनका सहायक कम्पनी अडी र पोर्शेसँगै नाइट्रोजन अक्साइड सफाईको क्षेत्रमा टेक्निकल विकासको लागि प्रतिस्पर्धा नगर्न सहमति जनाउँदै ईयूको एन्टीट्रस्ट नियमहरूको उल्लंघन गरे,’ बिहीबार एक विज्ञप्तिमा आयोगले भन्यो ।

यो शुल्क सन् २००९ र २०१४ को बीचमा भएको आचरणसँग सम्बन्धित छ, जब कार निर्माताहरूले टेक्नोलोजीको विकासको बारेमा छलफल गर्न “नियमित टेक्निकल बैठक” आयोजना गरेका थिए । सो प्रविधिले डिजेल यात्री कारहरूबाट हानिकारक नाइट्रोजन-अक्साइड उत्सर्जन हटाउँदछ।

“डेमलर, बीएमडब्ल्यू, फक्सवागन, अडी र पोर्शेका पाँच कार निर्माताहरूले ईयू उत्सर्जन मापदण्ड अन्तर्गत कानुनी रूपमा आवश्यक पर्ने भन्दा बाहिर हानिकारक उत्सर्जन कम गर्न टेक्नोलोजी राखेका थिए। तर उनीहरूले यस टेक्नोलोजीको पूर्ण क्षमताको आवश्यकतालाई भन्दा बढी सफा गर्न प्रयोग गर्ने प्रतिस्पर्धा गर्न इन्कार गरे। ईयूका कानूनी अधिकारी मार्ग्रेथ भेस्टगरले विज्ञप्तिमा भनिन् ।

जरिवानामध्ये फक्सवागनलाई अडी र पोर्शेका साथमा  ५९५ मिलियन डलर बिएमडब्लूलाई ४४२ मिलियन डलर जरिवाना लगाईएको छ । तर यसमा डेमलरलाई भने कुनै पनि जरिवाना गरिएको छैन् किनकी कम्पनीले यो कार्टेलिङ्गको बारेमा सार्वजनिक गरेको थियो । सीएनएन

प्रकाशित: २५ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार