नेपाली कम्पनी ग्रिन टायरले ल्यायो ट्रयाक्टरमा प्रयोग हुने, टायर स्वेदशमै उत्पादन हुने

Technology Khabar २४ असार २०७८, बिहीबार

नेपाली कम्पनी ग्रिन टायरले ल्यायो ट्रयाक्टरमा प्रयोग हुने, टायर स्वेदशमै उत्पादन हुने

काठमाडौं ।

निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर उत्पादन गरेर बजारमा उपलब्ध गराएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम सारथी टायर राखिएको छ ।

रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर समेत हो । नेपालको कठिन सडक तथा भौगोलिक संरचनाको हिसाबले तयार गरिएकोले सो टायर नेपाली माटो तथा बाटोलाई सुहाउने कम्पनीको दावी छ ।

सो टायरमा ताप प्रतिरोधी क्षमता रहेको छ भने पन्चर सुरक्षाको लागि थ्रेडको बीचमा अतिरिक्त रबर प्रयोग गरिएको छ । कुल २० वटा गोटी रहेको र हाई एनएसडी सहित उत्कृष्ट ट्रयाक्सनयुक्त टायर भएकोले यसले राम्रो उत्पादकत्व दिनेमा कम्पनी विश्वस्त रहेको बताएको छ ।

हाल यो टायर १३.६–२८ को साइजमा बजारमा उपलब्ध छ । आगामी केही दिनमा अन्य साइजका एग्रिकल्चर टायर समेत बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले बताएको छ ।

तीन वर्ष पहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्री ह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरु उत्पादन गर्छ । हाल कम्पनीले प्रतिवर्ष २.५ लाख थान टायर उत्पादन गरिरहेको छ । आगामी वर्ष देखि ५ लाख थान टायर उत्पादन हुनेछ । हाल ग्रिन टायरमा कुल १५० जना कामदार कार्यरत रहेको जनाएको छ ।

easy care

प्रकाशित: २४ असार २०७८, बिहीबार

ताजा समाचार